पोखरा, १४ माघ। पोखरा–२२, पुम्दीभुम्दीस्थित शुक्रराज माविको स्वर्ण महोत्सव सोमबार उद्घाटन गरिएको छ । विद्यालयले तीन दिनसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउँदै छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्दै देशको शिक्षा नीतिप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘सबैभन्दा धेरै लगानी भएको शिक्षा क्षेत्र हाल लथालिङ्ग छ ।’
उनले गुणस्तरीय, प्राविधिक र सीपमूलक शिक्षा प्रणालीबिना हाल देशमा भएको सामान्य अध्ययन गर्ने शिक्षा प्रणालीले सर्टिफिकेट हातमा भएरमात्र युवा विद्यार्थी आत्मनिर्भर बन्न नसक्ने बताए । विद्यार्थी आत्मनिर्भर बन्न नसक्दा दक्ष जनशक्ति बाहिरिने गरेकोप्रति चिन्ता व्यक्त गरे ।
हाल दुई प्रकारको शिक्षा नीति परिवर्तन नभएसम्म प्रदेशसहित देशको आर्थिक विकास हुन नसक्ने उनले दाबी गरे। उनले भने, ‘कुनै सामुदायिक विद्यालयमा ४ विद्यार्थी ६ जना शिक्षक पनि छन्, अब यस्ता विद्यालय मर्ज गरी धेरै टाढाबाट अध्ययन गर्नुपर्ने अवस्थामा विद्यालय गाभेर अन्य विद्यालयको खर्चले विद्यार्थीलाई आवासीयसहितको शिक्षा हुने गरी शिक्षा नीति परिवर्तन गर्नुपर्छ।’
यस वर्ष नेपालबाट गुणस्तरीय शिक्षा हासिल गर्न १२ अर्ब विदेशिनु नेपालको लागि कहालीलाग्दो रहेको उनले उल्लेख गरे। अष्ट्रेलियाले शिक्षाबाट आफ्नो कुल ग्राहस्थ उत्पादनको तेश्रो स्थान लिँदा नेपालबाट अध्ययन गर्न जाने मुलुकमध्ये तेश्रो नेपाल पर्ने मुख्यमन्त्री गुरुङले बताए।
लमजुङ जिल्लाको दिँदै मुख्यमन्त्री गुरुङले लमजुङमा ७ वटा क्याम्पस भएकोमा हाल छोरी तथा बुहारीमात्र अध्ययन गर्ने गरेकोले अहिलेको सामान्य शिक्षा प्रणालीले व्यक्तिमा रोजगार, व्यवसायी बन्न नसक्दा छोराहरु रोजगारको लागि बजारतिर तथा विदेश जाने गरेको बताए। गण्डकी प्रदेशमा गण्डकी प्राविधिक महाविद्यालय स्थापना गर्ने उनले बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक खेमराज पौडेल, एकराज बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं गण्डकी प्रदेश सांसद रामजी बराल, पूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङ, केशव पौडेल, हिमलाल बराल, शुक्रराज बराल, निर्मला गुरुङ, प्रध्यानाध्यापक नरनाथ बराल लगायतका सम्मानित भएका छन्। मुख्यमन्त्री गुरुङले उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे । यस्तै, पोखराका उद्योगपति चन्द्रकान्त बराल पनि सम्मानित भए । विद्यालयमा शहीद शुक्रराज शास्त्रीको अर्धकदको शालिक निर्माण गरेकोमा बराललाई सम्मान हो । सो शालिक मुख्यमन्त्री गुरुङले अनावरण गरेका हुन्। कार्यक्रममा विद्यालय र शिक्षासम्बन्धी प्रकाशित करिब २ सय पृष्ठको स्मारिकासमेत मुख्यमन्त्री गुरुङले विमोचन गरेको स्मारिका प्रकाशन उपसमिति संयोजक लिलाधर पौडेलले बताए।
कार्यक्रममा गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा देखिएको चुनौती समाधान गर्न राज्यले थप लगानी गर्नुपर्ने बताए।
औपचारिक उद्घाटन समारोह बिहान ११ बजे गर्ने भनिए पनि मुख्यमन्त्री ४ घण्टा ढिलो सरिक भएका थिए । उनको स्वागतमा हातमा फूलमाला लिएका विद्यार्थी घण्टौंसम्म पर्खिनुपरेको थियो ।
विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट अध्ययन हुने गरेको छ। कक्षा ११ र १२ मा व्यव्स्थापन र शिक्षा संकायको पढाइ हुन्छ । विद्यालयमा हाल प्राविधिक शिक्षाअन्तर्गत पशु विज्ञान भेटेरिनरी कोर्स संचालन हुँदैआएको छ। यसैबीच, विद्यालयको स्वर्ण महोत्सवका लागि करिब २० लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको जनाइएको छ। विद्यालयले यस वर्षभर स्वर्ण महोत्सव मनाउँदैगरेको सन्दर्भमा विदेशी तथा स्वदेशी सहयोगीदाताबाट उक्त रकम संकलन भएको प्रअ नरनाथ बरालले बताए। विद्यालयमा मूलगेट समेत निर्माण गरिएको छ।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९