पोखरा, १४ माघ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन् ।
नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निदेर्शन दिए ।
मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै नेता पोखरेलले परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए । परिवर्तित संरचना अनुरुप संविधानले व्यवस्था गरे अनुसार कानून निर्माणमा सरकार जुटेको उल्लेख गर्दै नेता पोखरेलले आवश्यक ३३९ कानूनमध्ये हालसम्म २६ वटा मात्र पारित गरिएको जानकारी दिए ।
हालसम्म लगभग १ सय १६ कानून संसद्मा पेश गरिएको जानकारी दिँदै उनले संविधानअनुसार आगामी फागुन मसान्तसम्म कानून पारित गरिसक्नुपर्ने उल्लेख गरे । निर्वाचनमा जनता समक्ष व्यक्त गरिएका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने कुरामा आफूहरू दृढ रहेको बताउँदै उनले त्यसका लागि पार्टी कार्यकर्ता सङ्गठित हुनुपनेर्मा जोड दिए ।
सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै उनले पार्टी कार्यकर्ता सङ्गठित बन्दै यसको प्रचारप्रसार गनुपर्ने आवश्यकता औँल्याए ।
कानून नबनेका कारण जन अपेक्षा पूरा हुन नसकेको वास्तविकतामा सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको बताउँदै नेता पोखरेलले षडयन्त्रलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९