गण्डकीमा ४८२ भीआइपीको भ्रमण

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५

पोखरा, १४ माघ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रदेशमा प्रहरी जनशक्ति अभाव रहेको बताए । उनले भीआइपी र भीभीआइपीको प्रदेशमा भ्रमण हुँदा जनशक्तिसहित स्रोत साधनको व्यवस्थापनमा कमी हुने गरेको औंल्याए ।

‘सके छुट्टै भीआइपीको सुरक्षार्थ प्रहरी जनशक्तिको समेत व्यवस्था भइदिए राम्रो हुनेछ,’ उनले भने, ‘जनशक्तिको खटनपटन प्रदेश मातहतको दरबन्दीबाट गरिए पनि स्कर्टिङलगायत अन्य स्रोतसाधनको व्यवस्था विमानस्थलमै भइदिए राम्रो हुने थियो ।’

प्रदेश सरकारका विशिष्टको सुरक्षार्थ नेपाल प्रहरीको १ सय २१ जना जनशक्ति परिचालन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी सहायक उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको उल्लेखित जनशक्ति परिचालन भएको पुरीले बताए । उनका अनुसार गण्डकी प्रदेश मातहत ७ हजार १७ जना प्रहरी दरबन्दी कायम छ । यस प्रदेशमा प्रहरीको हाजिरी संख्या भने ४ हजार ६ सय ८३ जनाको मात्र छ । २ हजार ३ सय ३४ जनाको दरवन्दी रिक्त छ ।

प्रदेशको संरचनाअन्तरगत प्रहरी इकाइको स्तरवृद्धि र नयाँ इकाइ स्थापनाका लागि गण्डकी प्रदेशलाई थप ५ हजार ३ सय ३६ जनाको जनशक्ति आवश्यक रहेको पुरीको रिपोर्टले देखाउँछ । हालको जनशक्तिअनुसार प्रतिप्रहरीले ४ सय ४७ जनालाई हेर्नुपर्ने हुन्छ ।

प्रदेशभित्र हाल २ सय ७५ प्रहरी इकाइ छन् । स्थायीरुपमा कार्यरत प्रहरी इकाइ २ सय ६८ छन् । मर्ज भएर स्थापना हुन बाँकी २ वटा प्रहरी चौकी छन् । फुगाउँ र थ्रोङफेदी प्रहरी चौकी मर्ज भएर पनि स्थापना हुन बाँकी रहेको छ । यस्तै, दरबन्दी निकासा भएर पनि स्थापना हुन बाँकी ५ प्रहरी चौकी छन् । कास्कीको नगर प्रहरी कार्यालय र माटेपानी प्रहरी चौकी, गोरखाको चुन्चेत, बिही र ल्हो प्रहरी चौकी स्थापना हुनै बाँकी छन् । प्रदेशभित्र २० वटा प्रहरी पोष्ट, २ वटा प्रहरी बिट, २६ वटा ट्राफिक प्रहरी पोष्ट र ९ वटा कन्ट्रोल रुम भेहिकल, सीआरभी छन् ।

प्रदेश प्रहरीअन्तर्गत १ सय ६४ जग्गा तथा १ सय २० आफ्नै कार्यालय छ भने ७२ वटा जग्गा र १ सय १६ वटा आफ्नो कार्यलय नरहेको भौतिक पूर्वाधारको अवस्थामा छ । ६ जिल्ला ट्राफिक प्रहरी कार्यालय, १ वडा प्रहरी कार्यालय, १ नगर प्रहरी कार्यालय, १९ इलाका प्रहरी कार्यालय, ६ सीमा प्रहरी चौकी, ७३ प्रहरी चौकी, ३ अस्थायी प्रहरी पोष्ट गरी १ सय ९ वटा प्रहरी युनिट भाडामा बस्दै आएको प्रदेश प्रहरी कार्यालयले जनायो ।

यसैगरी, प्रदेशभित्र पुस मसान्तभित्र १ हजार ७ सय ६ वटा अपराधका घटना घटेका छन् । गत आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार ७ सय २० वटा घटना घटेको थियो । अघिल्लो गत आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ९ सय ९६ वटा अपराधका घटना घटेको थियो । पुस मसान्तसम्म प्रदेशभित्र अपराधका घटनासम्बन्धी १७ सय ६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ९ सय १४ वटा मुद्दा फछ्यौर्ट भइसकेको जनाइएको छ । यस्तै आव वर्ष २०७४/०७५ मा ३ हजार ७ सय २० वटा मुद्दा प्रदेशभित्र दर्ता भएकोमा २ हजार ७ सय ६३ मुद्दा फछौर्ट भएको छ ।

प्रहरी अनुसन्धानमा महिना हिसाबले सबैभन्दा बढी जेठमा आपराधिक क्रियाकलाप भएको बताइएको छ । अन्य महिना तुलनामा जेठमा ३ सय ९७ र मंसिरमा सबैभन्दा कम २ सय २ सय ३४ वटा अपराधका घटना घटेका थिए ।

जिल्लागतरुपमा सबैभन्दा बढी कास्कीमा अपराधिक क्रियाकलाप भएको छ। पुस मसान्तसम्म कास्कीमा ६ सय १३ र मनाङमा सबैभन्दा कम ७ वटा मात्र घटना घटेको प्रदेश प्रहरी रिपोर्टले देखाएको छ । कास्कीपछि नवलपरासीमा बढी घटना भएको छ । प्रहरीले भने पोखरामा भएको श्रेया हत्याकाण्डमा दोषी तत्काल समाउन सफल भएकोमा सबैभन्दा बढी उपलब्धि ठानेको छ ।

जघन्य घटनामध्ये सबैभन्दा बढी लागु पदार्थ सम्बन्धित छ । यस अवधिमा १ सय ७७ वटा लागु पदार्थसम्बन्धी जघन्य अपराधका मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणीका घटना ९२, कर्तव्य ज्यान ३१, हातहतियार खरखजाना ८, डाँका ३, मानव बेचविखन तथा ओसारपसार २, बिस्फोटक पदार्थ २ र अपहरण तथा शरीर बन्धकका मुद्दा १ वटा दर्ता भएका छन् । प्रदेशभित्र १ हजार ७ सय ६ वटा घटनाको मुद्दा दर्ता भएको मुद्दासँग सम्बन्धित १ हजार ८ सय २५ जना अभियुक्त पक्राउ परेका छन् ।

प्रदेशभित्र घरेलु हिंसा ५ सय ५२ उजुरी परेकोमा २ सय ८० को मिलापत्र, मिलापत्र हुन नसकी अदालत पठाइएको ६८ उजुरी र सम्पर्कमा नआई कार्यान्वयन हुन बाँकी २ सय ४ उजुरी छन् । यसअ अवधिमा ३ सय २९ सवारी दुर्घटना घटेका छन् । सवारी दुर्घटनाबाट १ सय ३६ जनाको मृत्यु, ५ सय ९७ जना घाइते र १ सय २५ मुद्दा दर्ता भए।

प्रहरीले १० करोड २३ लाख ४६ हजार राजस्व जम्मा गरेको छ । जस अनुसार ट्राफिक कारबाहीअन्तर्गत सवारीबाट ७८ हजार २ सय १० र राजश्वाट ५ करोड ८ लाख १८ हजार तथा भन्सार/सीमा चोरी, निकासी, पैठारीबाट ५ करोड १५ लाख २८ हजार ९ सय ६० जम्मा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width