काठमाडौ, १४ माघ । नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।
तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सवोर्च्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।
आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । त्यस्तै विनोदभण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले छ रन बनाएका थिए । युएईका इमरान हेदर र अस्फाक अहमदले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब शुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो । पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ् खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।
नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।
नेपालका कप्तान पारस र करण केसीले दुई/दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।
पारसको पहिलो शतक
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०