राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबारको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। दोस्रो बैठक शुरु हुने वित्तिकै नेपाली काँग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।
काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको उल्लेख गरे। उनले सोही विषयलाई लिएर अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरे।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९