पोखरा, १३ माघ। २८५५ औ सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाजले आयोजना गरेको मिस तामाङ पोखराको उपाधि कुसुम तामाङले जितेकी छन् ।
ग्राण्ड फिनालेमा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरा बिरौटाकी कुसुम तामाङले उपाधिसहित ५० हजार नगद, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी हुन् । उनलाई मिस तामाङ पोखरा–२०१८ कविता योञ्जनले क्राउन लगाइदिएकी थिइन्।
प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशले के पुष्टि गर्छ भन्ने प्रश्नमा कुसुमको जवाफले निर्णायकको मन जितेको थियो। वेस्ट पर्सनालिटी टाइटलसमेत जितेकी उनले म्यूजिक भिडियोमा अभिनय अवसर प्राप्त गरेकी छन् ।
प्रतियोगितामा नालामुखकी प्रीति तामाङले मिस कन्फिडेण्ट टाइटलसँगै फस्ट रनरअप उपाधि पाइन् । रामेछापकी सजना वाइवा मिस ट्यालेण्ट टाइटलसंगै सेकेण्ड रनरअप बनिन्। उनीहरुले क्रमशः ३० र २० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र हात पारे ।
यसैगरी, लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्यूअर्स च्वाइस अवार्ड हात पारिन्। उनले १५ हजार पुरस्कार प्राप्त गरिन्।
यस्तै, बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पङ्च्युवल, काठमाडौंकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रीस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ वेस्ट वाक, काठमाडौंकी रीता लोप्चान वेस्ट स्माइल, लेकसाइडकी मीनु थोकर वेस्ट पर्फमेन्स, बुद्धचोककी सोनी तामाङ ब्यूटी वीथ पपोर्ज, सृजनाचोककी आशा तामाङले वेस्ट हेयर टाइटल जिते ।
निर्णायकमा लामासहित मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्रशासकीय अधिकृत, पहिलो मिस पोखरा फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपाल संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ थिए।
कार्यक्रममा प्रमुख अतिथि अन्तराष्ट्रिय तामाङ परिषद अध्यक्ष केएम तितुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ गण्डकी अध्यक्ष दीपक वाइवा, प्रमुख निणार्यक लामा, कलाकार प्रशान्त ताम्राकार लगायतले बोलेका थिए।
समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले गरेका थिए। कार्यक्रम सञ्चालन सञ्चारकर्मी सञ्जय मल्ल, संस्थाका सचिव डोल्मा लामा, आश्मा तामाङ, राम लामाले गरेका थिए। कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने अध्यक्ष ज्याक तामाङले बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०