सवारी अनुमति लाइसेन्सको नवीकरण समय दश बर्ष बनाइने

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
nepal driving license cartoon

पोखरा, १४ माघ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि १० वर्ष बनाउने तयारी गरेको छ ।

लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनाएका छन् ।

नेपालीहरू लामो समय विदेशमा बसिरहेका हुन्छन, त्यो बेलासम्म लाइसेन्सको म्याद सकिनेजस्ता समस्यालाई ध्यान दिएर लाइसेन्सको अवधि बढाउने तयारी गरेका हौं, उनले भने ।

ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्ष हुने भए पनि जारी भइसकेका लाइसेन्सको हकमा भने नविकरण गरेपछि आउने लाइसेन्समात्र १० वर्ष समय हुने उनले बताए।

जारी भइसकेको स्मार्ट लाइसेन्सका हकमा पनि ५ वर्ष पछि नविकरण गरेपछि मात्र १० वर्षे अवधि हुन्छ कानुन जहिलेबाट लागू हुन्छ। त्यसपछि प्रिन्ट भएका लाइसेन्सकोमात्र अवधि १० वर्षे हुने हो,’ उनले भने।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width