पोखरा, १४ माघ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
त्रिभूवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफल गर्न उनीहरुको बैठक वसेको हो । वैठकमा प्रधानमन्त्री ओलीले देउवा सहित विद्यार्थी संगठनका पदाधिकारीलाई पनि आफ्नो सरकारी निवास बालुवाटारको वैठकमा वोलाएका थिए ।
उक्त बैठकमा प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेका थिए । सभापति देउवाले भने सरकारका कामकारबाही समस्यामुलक भएको उल्लेख गरे ।
सरकारले आफ्ना नेताको नाम मेट्ने कोसिस गरेको, संवैधानिक परिषदका सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विनै संवैधानिक निकायका प्रमुख सिफारिस गरेको र विपक्षीले संसद अवरोध गर्दा गर्दै जबरजस्ती चिकित्सा विधेयक पास गरेकोमा देउवाले आपत्ती जनाएका थिए।
सरकारले प्रमुख प्रतिपक्षी दलसँग गरेको व्यवहार र हाम्रा भातृसंगठनका नेतालाई प्रहरीले गरेको ज्यादतिका विषयमा सभापति देउवाले असन्तुष्टि व्यक्त गरेका थिए ।
आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खुलेका अस्पताल विघटन गरेको सरकारको निर्णयप्रति कांग्रेसले संसद अवरूद्धमात्रै हैन ७७ जिल्लामै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।
आफ्नो माउ पार्टीले गरेको घोषणालाई साथ दिँदै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। सरकारका गतिविधिको विरोध गर्दै पछिल्लो समय नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ। नेविसंघले सरकारविरुद्ध प्रर्दशन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, मसाल जुलुस गर्नेलगायतका विरोध गर्दै आएको छ।
देउवा बोलेपछि नेविसंघ सभापति नैनसिंह महरले सरकारले नै द्वन्द निम्त्याएको बताएका थिए। नेविसंघ महामन्त्रीलगायत विद्यार्थीको टाउको फुटाइएको छ। सरकारले द्वन्द्व निम्त्याएर स्ववियु चुनाव भाँड्दैछ, भन्ने कुरा महरले राखेका थिए । सरकार सुधारिएर आए मात्रै स्ववियु निर्वाचनको वातावरण तयार हुने पनि उनले बताए।
विद्यार्थी नेताका गुनासा सुनेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले स्ववियु चुनावका लागि वातावरण तयार गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। फागुनमा स्ववियु चुवान गर्ने तयारी थाल्न त्रिविले क्याम्पसहरुलाई पत्राचार गरिसकेको छ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९