कम उमेरमै रोहितको अर्धशतक कीर्तिमानी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
Rohit Kumar Paudel_Fotor

पोखरा, १३ माघ । नेपालका रोहितकुमार पौडेलले आइतबार संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए । यसैंसँग उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन् ।

५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो । सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए । १६ वर्ष १४६ दिनको उमेरमा आइतबार रोहितले ५५ रन बनाएर विश्व किर्तिमान बनाएका हुन् ।

यस्तै रोहितले पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका छन् । एक दिवसीय क्रिकेट तर्फ भने शाहिदले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंका विरुद्ध ३७ बलमा शतक बनाएका थिए । रोहितले टेष्ट र एक दिवसीय गरी दुवै प्रतियोगितामा कम उमेरमा अर्ध शतक बनाएका हुन् ।

रोहितले सन् २०१८ मा नेदरल्याण्सविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनी एक दिवसीयमा डेब्यु गर्ने कान्छो खेलाडीको चौथो नम्बरमा रहेका छन् । आइतबार भएको खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो ।

१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले १४५ रनले यूएईलाई पराजित गर्दै जित हासिल गरेको हो । सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएईलाई नेपालले ९७ रनमै अल आउट गरेको हो ।

यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

यस्तै टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्टमा १६ वर्ष २१३ दिनमा अर्धशतक बनाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width