मनकामना केवुलकार पोखरा कप

उद्घाटनमा एपीएफ र हिमालयन शेर्पा भिड्ने

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
Manakamana football_Fotor

पोखरा, १३ माघ । कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबारदेखि मनकामना केवलकार पोखरा कप–२०७५ हुँदैछ । उद्घाटनमा एपीएफ र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ ।

आयोजकले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पाबीच उद्घाटन खेल हुने जानकारी दिएको छ ।

विदेशी २ सहित १२ टिमको सहभागिता हुने प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लब मनाङ मस्र्याङ्दी, संकटा, थ्रिस्टार, नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज तथा जापानको रिस्सो युनिभर्सिटी र क्यामरुनको डफिन्स टिम फेमेलीको सहभागिता रहने संघ अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

यही माघ १५ देखि २६ सम्म हुने प्रतियोगितामा यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । जसअनुसार विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की महासचिव रमेश कार्कीले जानकारी दिए । पुरस्कार राशिमा २ लाख वृद्धि भएको हो ।

उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र फुटबल खेलमा योगदान दिने एक जना खेलाडीलाई सम्मानस्वरुप स्कूटर प्रदान गरिनेछ । यस्तै एक जना पत्रकारलाई समेत सम्मानित गरिने छ ।

प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिता संचालन गर्न १ करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट आम्दानी १ करोड २८ लाख ५० हजार हुने आयोजकको विश्वास छ । बचत रकम फुटबल खेलको विकासमा खर्च गरिने पनि अध्यक्ष गुरुङले बताए ।

पोखरा रंगशालाको पुरानो फुटबल स्टेडियम भत्काइनु र नयाँ निर्माण प्रक्रिया समेत अघि नबढ्दा खेल संचालन गर्न रकम बढी लाग्ने अध्यक्ष गुरुङले बताए । अस्थायी प्यारापिट निर्माण, शौचालय, चेन्जिङ रुम निर्माणलगायतमा बढी खर्च हुँदा प्रतियोगिता संचालनमा भार बढेको आयोजकको गुनासो छ ।

पाँचौ संस्करणसम्म निरन्तर आयोजित सो प्रतियोगिताले २ वर्षपछि पुनः निरन्तरता पाएको छ । प्रतियोगितालाई मनकामना केवलकारले मुख्य प्रायोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width