गन्दर्भ बस्तीको बाटो स्तरउन्नती

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
hemja gandharba basti bato photo_Fotor

हेमजा, १३ माघ । पोखरा–२५, हेमजास्थित गन्दर्भ बस्तीको बाटो शनिवारदेखि स्तरोन्नती थालिएको छ । वडास्तरीय योजनामा परेको उक्त बाटोको स्तरोन्नती कार्य अन्र्तगत चक्लाउने, पूर्वतर्फ ठूलो नाला तथा पश्चिमतर्फ गटर नाला निर्माण कार्य सुरु गरिएको हो ।

महानगरपालिकाको रु. ७ लाख २० हजार तथा स्थानीयको रु.१ लाख ८० हजारको लागतमा योजना सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष खिमलाल तिम्सिना ‘अर्जुन’ले जानकारी दिए ।

सो बाटोबाट ६० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । चैतसम्ममा नाला निर्माण सम्पन्न गर्ने र त्यसपछि कुल एक सय ७७ मिटर लामो उक्त सडकलाई ढलान गर्ने योजना निर्माण समितिले बनाएको सचिव सुनिल गायकले बताए । ढलानका लागि स्रोतको खोजी भइरहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width