पोखरा १३ माघ : स्याङजाको विरुवा गाउँपालिका—२ मोचाबारीको जामुनेडांडा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा बागवानी विज्ञान र मातृभाषाको शिक्षा प्रदान गर्न महायज्ञ संचालनमा ल्याइएको छ ।
माघ ३—११ गते सम्म संचालित महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद दीपक चर्ती मगरले भोलीका लागि नभइ आजैका लागि काम हुने सीप मुलक र ब्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता रहेको वताए ।
सूचना र प्रविधिले विश्व नै सांघुरो भइरहेको सन्दर्भमा अझैपनि नेपालमा ब्यवहारिक र सीपमुलक शिक्षा प्रदान भइनरहेको सन्दर्भमा स्याङजाको ग्रामीण भेगमा रहेको विद्यालयमा प्राविधिक शिक्षा र मातृभाषाको शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञले शिक्षा क्षेत्रमा ठूलो भुमिका खेल्ने उनले वताए।
चर्ती मगरले अहिलेसम्म सरकारको ध्यान नपुगेपनि वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरिसकेकोले अवको शिक्षा सीपमुलक र स्वरोजगारमुलक हुने वताए ।
मातृभाषा कक्षा सञ्चालन चुनौतीपूर्ण भएपनि त्यस्तो शिक्षा अहिलेको आवश्यक रहेको र मातृभाषामा शिक्षा प्रदान गर्न सके गुणस्तरीयता बढ्ने र मातृभाषाको संरक्षण हुने मगरको भनाइ थियो ।
मातृभाषा कक्षा सञ्चालनका लागि सम्पूर्ण राजनीतिदल, संघ सस्था, समाजसेवी, बुद्धिजीवीको सहकार्य आवश्यक रहेको वताउदै मगरले विकसित समाजको निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए । सो अवसरमा वोल्दै जामुनेडांडा माविका प्रध्यानाध्यापक राम चन्द्र शर्माले नौ दिन सम्म सञ्चालन श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दानवीर, चन्दादाता, संघ सस्था, राजनीतिक दल र मिडियाकर्मीलाई आभार व्यक्त गरेका छन् ।
श्रीमद भागवत महायज्ञ मूल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर गुरुङले जामुनेडांडा माविलाई नयाँ गोरेटोमा हिड्न बाटो देखाइदिने कथावाचक मन्त्रमुक्त गरी कथा वाचन गर्ने कथा शिरोमणि पंडित दीपक प्रसाद पौडेललाई विशेष धन्यवाद ब्यक्त गरे । महायज्ञलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्दै सम्पूर्णले सहयोग गरेको रकम विद्यालयमा प्राविधिक शिक्षा वागवानी र मातृभाषा सञ्चालनका लागि खर्च गरिने समेत गुरुङले वताए ।
Related News
सम्बन्धित समाचार
नारी दिवसमा एकल महिलालाई रातो टीका
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७