पोखरा, १३ माघ : पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका छन् ।
गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ । गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन सुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने ।
गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे । निमैला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्जियो । कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३ गजल सुनाए । उनले ताली र वाहवाही बटुले ।
डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै मायामात्रै पाएन, हाँसो र माहोललाई रोमाञ्चक बनायो । कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए । बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे ।
गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले सन्ध्याले चलाउँदै आएको गजल वाचनको एक पाठशालामात्रै नभएर निरन्तर चल्ने अभियान भएको बताए ।
सन्ध्याका सचिव वसन्त विनोदले सन्ध्याले गर्ने गजल वाचनको शृंखला सिक्ने, वाचन गर्ने र सुन्ने साझा थलो भएको बताए । सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्माबहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए । कोल्माका होमस्टे गाउँमा पुगेर अक्षरयात्रीले तद्स्थानीय सिर्जना सुनाउने छन् ।
Related News
सम्बन्धित समाचार
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ सार्वजनिक
जीवनसागर भण्डारीको मुक्तक संग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण
३३३ औं समता काव्य सन्ध्या
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७