पोखरा १३ माघ : पोखरा महानगरपालिका— १६ अर्मलाकोटको सिद्ध मन्दिरमा क्षमा पूजा गरिएको छ ।
हिमालय क्लव पोखरा—१६ द्धारा आयोजित सिद्ध मन्दिर परिसरमा निर्मित सिंढि, बाटो, मन्दिर, प्रवेशद्धार, सत्तलको अवलोकनपछि स्थानीय मन्दिरमा पूजा अर्चना गरिएको हो ।
भौतिक निर्माण गर्दा कुनै गल्ति भएमा क्षमा पूजा गर्ने प्रचलन रहेको छ । सोही पूजाकै अवसरमा निर्माण कार्यमा सहयोग गर्ने चित्रबहादुर गुरुङ, भरत गुरुङ र अनुगमन समितिका सदस्य अध्यक्ष कूलप्रसाद भट्टाराई, स्थानीय तेजबहादुर गुरुङ र गुरुदत्त भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद कुमार खड्का, क्लवका मानार्थ सदस्य उदयबहादुर बस्नेतले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद खड्काले अर्मलाकोट पर्यटनको राम्रो सम्भावना भए पनि पछि परेको बताउँदै यस क्षेत्रको प्रवद्र्धनमा सबैको सहयोग आवश्यकको साथै विकास निर्माण कार्यमा राजनीतिक सोँच नराख्न आग्रह गरे ।
पूजा व्यवस्थापन समितिका संयोजक तुलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य उदयबहादुर बस्नेत, क्लवका अध्यक्ष मोहनबहादुर थापा, प्रथम उपाध्यक्ष सुशील बस्नेत लगायतले अर्मलालाई नमूना वडा वनाउन स्थानीयको अग्रसरता आवश्यक रहेको बताए ।
सांसद खड्काको पहलमा २०७२ साल बैशाख १२ गते निर्माण सुरु भएको प्रवेशद्धार सहितको मन्दिर क्षेत्र २५ लाखको लागतमा २०७४ सालमा सम्पन्न भएको हो । क्लवले त्यस क्षेत्रमा थप भौतिक सामाग्री निर्माणका लागि पहल थालेको जनाएको छ । अर्मलाकोटमा रहेको उक्त सिद्ध मन्दिरमा पूजा अर्चना गर्दा सबैकुरा प्राप्त हुने जनविश्वास रहेको छ । पछिल्लो समय यस मन्दिरमा भाकल सहित पूजा गर्नेको भीड लाग्ने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९