पोखरा, १२ माघ । सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ । १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता विजेताले यसपालि ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित सो फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गर्दैआएको जानकारी दिए । गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।
निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भए पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइराख्ने पक्षमा छ । रंगशाला बाहेक अको विकल्प आफूहरुले नसोचेको क्लब अध्यक्ष थापाले स्पष्ट पारे ।
प्रतियोगिता मिति फागुन ९ देखि १८ सम्म तोकिएको छ । प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुनेछ । विदेशी टिमको छिनोफानो हुनेक्रममा रहेको आयोजकले जनाएको छ । विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको मिति घटेर यसपालि १० दिन तय भए पनि विभिन्न ठाउँमा प्रतियोगिता भइरहेकोले टिम टुंगो लाग्ने बित्तिकै १२ दिनसम्म पनि हुन सक्ने आयोजकको अनुमान छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले बताए । यस्तै एक जनालाई सवोर्त्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, फेयर प्ले पुरस्कार सहित विधागत पुरस्कार समेत प्रदान गरिनेछ । प्रतियोगिताको ट्रफी, मेडल, म्यान अफ दी म्याचको पुरस्कार प्रायोजन सहारा यूकेले गरेको छ । सो ट्रफी सहारा युके महासचिव धनु थकालीले प्रतियोगिता मूलआयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे ।
कार्यक्रममा प्रतियोगिता संयोजक हरेराम गुरुङ सुरज, क्लब महासचिव विश्वराज बराल, प्रचार संयोजक पत्रकार नारायण कार्की, तमु धिं युके अध्यक्ष नन्दजंग गुरुङ, सहारा युके महासचिव धनु थकाली लगायतले प्रतियोगिता सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । प्रतियोगिताबाट बचत रकम सोही एकेडेमीमा सदुपयोग गर्दैआएको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताए । आहा रारा १७ औं संस्करण भए पनि क्लबले सुरुवातमा क्याराभानसहित आयोजना गरेको यो १८ औं संस्करण हो ।
Related News
सम्बन्धित समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७