पोखरामा भारतीय गणतन्त्र दिवस

नारायण शाही
माघ १३, २०७५
Indian Republic Day_Fotor

गणतन्त्र दिवसमा झण्डारोहणपछि सलामी अर्पण गर्दै पीपीओ पोखरा प्रमुख ले.क. प्रतीक शर्मा र मेजर डा. शिवप्रसाद सिंह। तस्वीर सौजन्य : जय गुरुङ

पोखरा, १२ माघ। छिमेकी राष्ट्र भारतले शनिबार ७० औं गणतन्त्र दिवस मनाएको छ। भारतमा संविधान लागू भएको अवसरमा हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसरुपमा मनाउँदैआएको छ।

दिवस अवसरमा नेपालस्थित भारतीय दूतावास काठमाडौंले विभिन्न कार्यक्रम आयोजना गर्यो । पोखरामा पनि भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय (पीपीओ), रामबजारले समेत विविध कार्यक्रम गरी दिवस मनायो।

उक्त अवसरमा पीपीओ पोखरा प्रमुख लेफ्टिनेन्ट कणेर्ल प्रतीक शर्माले भारतीय झण्डारोहण गरे। भारतीय सेनामा रहँदा वीरगतिप्राप्त भारतीय गोर्खा सैनिकका वीर शहीदको स्तम्भमा उनले माल्यार्पण गरे।

शर्माले सदिँयौदेखि बहादुरी र कत्र्तव्यनिष्ठको लागि प्रसिद्ध वीर नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको औंल्याए। विश्वमै बहादुरी र बफादारीरुपमा परिचित गोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले नोकरी वा सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

‘भारतले नेपालमा रहेका भूपूको स्वास्थ्य उपचारका लागि इसीएचएस सुविधा लागू गरेको छ,’ शर्माले भने, ‘यो सेवाअन्तर्गत हालसम्म २५ सय ८६ जना भूपूहरुले नेपाल तथा भारतका ठूला अस्पतालबाट उपचार सुविधाको लाभ लिएका छन्। आउँदा दिनमा यो सेवा र सेवाग्राही बढ्ने निश्चित छ।’

भारतले २०१८ फेब्रुअरीदेखि हालसम्म पीपीओ पोखराबाट करिब ४५ हजार भूपूहरुको पेन्सन खाता खोलेको समेत उनले जानकारी दिए। धेरै मेहनतपछि अबदेखि ६० हजार भूपूको पेन्सन मासिक रुपमा पठाउने व्यवस्था गरिएको शर्माले सुनाए।

शर्माले भने, ‘नेपालभर रहेका नेपाल एसबीआई बैंक वा एभरेष्ट बैंकको जुनसुकै खाताबाट पेन्सन भुक्तान लिन सकिन्छ । एटीएम र डेबिट कार्डबाट समेत पेन्सन लिने सुविधा छ ।’

यस वर्ष पीपीओ पोखराले ३ लाख, ६८ हजार ७ सय १० जना गोर्खा भूपूलाई २५ अर्ब १० करोड ४३ लाख रुपैयाँ पेन्सन वितरण गरेको छ। त्यसैगरी ६ करोड बढी रकम एसीडब्लु, एजीआइ, सीइए, आसाम राइफल्स ग्राण्ट र अन्य रहलपहलको लागि भूपूहरु र उनीहरुक आश्रित परिवारलाई वितरण गरिसकेको पीपीओ पोखराले जनाएको छ।

भारतले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। भूपूको सुविधाका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सौर्य उर्जा लगायत क्षेत्रहरुमा सहयोग पुर्याउँदै आएको छ।

कार्यक्रममा भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाइएको थियो। नेपाल–भारतमैत्री विद्यालयका बालबालिका र भूतपूर्व पुन समाजले मार्चपास गरेका थिए।

विद्यार्थीले नेपाली र भारतीय सांस्कृतिक कार्यक्रम एवं खेलकुदका डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए।

सो अवसरमा ले.क.शर्माले इन्टरबटालियन भलिबल प्रतियोगिता विजेता फोर वान जीआरलाई ट्रफी वितरण गरे भने भूतपूर्व गोर्खा ले.क. झुमबहादुर गुरुङ र एसएम अनरी क्या. तुलसीप्रसाद गुरुङले ‘भूपू स्मारिका –२०१८’ संयुक्त विमोचन गरे।

सन् १९५० जनवरी २६ मा भारतमा संविधान लागू भएको थियो। ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकारसम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारत तथा उसका दूतावास रहेका देशमा समेत दिवस मनाउने गरेको छ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width