पोखरा, १२ माघ। कास्की जिल्लास्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगितामा राष्ट्रिय माविले छात्रतर्फ र जनप्रिय माविले छात्रातर्फ उपाधि जितेका छन् ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा शनिबार सम्पन्न छात्रतर्फ फाइनलमा कालिकालाई १७–२५, २५–२३, २५–१८, २३–२५ र १५–९ सेटमा पराजित गर्दै राष्ट्रिय माविले उपाधि जितेको हो ।
त्यस्तै, छात्रातर्फ जनप्रियले तालवाराहीलाई २५–२१, २५–८ र २५–१६ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। दुवै इभेन्टमा विजेता र उपविजेताले क्रमशः ५० हजार, ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
छात्रतर्फ भद्रकाली माविले लक्ष्मी माविलाई ३–१ सेट हराउँदै तेस्रो हुँदा छात्रातर्फ बालमन्दिरले छोरेपाटन माविलाई ३–१ कै सेटमा पराजित गर्दै तेश्रो भयो। उनीहरुले समान १५ हजार पुरस्कार पाए ।
छात्रतर्फ राष्ट्रिय माविका सञ्जय परियार सवोर्त्कृष्ट खेलाडी हुँदै १० हजारसहित मेडल प्राप्त गरे। त्यस्तै उत्कृष्ट स्पाइकरमा कालिका माविका अजय सुनार, उत्कृष्ट डिफेन्डरमा भद्रकाली माविका अन्तिम विक, उत्कृष्ट सेटरमा राष्ट्रिय माविका सन्दीप परियार र उत्कृष्ट ब्लकरमा राष्ट्रिय माविकै राम गुरुङ पुरस्कृत भए। उनीहरुलाई जनही ५ हजारसहित मेडल प्रदान गरिएको थियो।
छात्रातर्फ जनप्रिय माविकी तेलिना छन्त्याल सवोर्त्कृष्ट खेलाडी घोषित हुँदै १० हजारसहित मेडल जित्न सफल भइन्। छात्रातर्फ जनप्रियकी खिममाया छन्त्याल उत्कृष्ट स्पाइकर र छोरेपाटन माविकी रीता बुढाथोकी उत्कृष्ट स्पाइकर हुँदै नगद ५ हजारसहित मेडल जित्न सफल भए।
यसैबीच, प्रथम सृजना कपलाई रनिङ शिल्डको रुपमा लैजाने आयोजक भलिबल संघ अध्यक्ष भीम पराजुली र सिर्जना विकास केन्द्र अध्यक्ष मीनप्रसाद भट्टराईले संयुक्त घोषणा गरे।
विजयीलाई गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सदस्य राजीव पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला भलिबल संघ संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, सृजना विकास केन्द्र अध्यक्ष मीनप्रसाद भट्टराई, प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा छात्रछात्रा गरी ३४ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
आहा रारा गोल्डकप : सहारा युकेले आकर्षक ट्रफी पठाउने
देश्ना स्मृति कपमा ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने
कास्की जिल्ला क्रिकेट संघको सभा
एकै खेलमा ट्रिपल ह्याट्रिक
भलिबल विजेतालाई गृहजिल्लामा सम्मान
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७