पत्रकार शाही सम्मानित

Avatar आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
Sahi Samman Grahan Gardai_Fotor

आदर्श समाज दैनिकका संवाददाता नारायण शाही सम्मानित भएका छन्। भलिबल खेल प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएकोमा प्रतियोगिता समापन अवसरमा पत्रकार शाहीसहित क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सदस्य राजीव पहारी लगायतले उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका हुन्। पत्रकार शाही आदर्श समाजसहित गण्डकी मिडिया हाउसमा समेत कार्यरत छन्। पत्रकारितामा स्नातकोत्तर शाही २०५३ सालदेखि पत्रकारितामा क्रियाशील छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग