पोखरा, १२ गते। गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ। प्रतियोगितामा बागलुङ दोश्रो र पर्वत तेश्रो भए ।
कास्की ४ स्वर्ण २ रजत र ३ कास्यसहित प्रथम भएको हो। बागलुङले ३ स्वर्ण २ रजत र ५ कास्य प्राप्त गर्दा पर्वतले २ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्यो ।
कास्कीलाई स्वर्ण पदक दिलाउन ५४ केजी पुरुषतर्फ विजय गुरुङ, ६८ केजीका हेमन्त गुरुङ र महिलातर्फ ४९ केजीका प्रीति सारुमगर, ५३ केजीका प्रतीक्षा सुवेदीको योगदान रहन पुग्यो।
बागलुङतर्फ पुरुष ६३ केजीमा देवेन्द्रराज लामा, महिलातर्फ ५७ केजीमा करिष्मा सुनार र ६२ केजीमा ममता खड्काले स्वर्ण पदक प्राप्त गर्न सफल रहे। पर्वततर्फ खेलाडीमा ५८ केजीतर्फ सुरज कँडेल ७४ केजीमा ईश्वर नेपाली कास्कीका विजय गुरुङ पुरुषतर्फ र म्याग्दीका रश्मी श्रेष्ठ महिला तर्फ वेष्ट फाइटर घोषित भए। उनीहरुलाई १०/१० हजार नगद सहित पुरस्कृत गरियो।
विजयलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पुरस्कार तथा पदक वितरण गर्दै पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्न महानगरपालिकाले सक्दो योगदान गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा तेक्वान्दो क्षेत्रमा योगदान दिएकोमा तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, कुकियन प्रतिनिधि कोरियन गुरु क्वान योङ दल र ङमरजंग गुरुङलाई समेत गरियो।
गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ५२ वाउट खेलाइएको तेक्वान्दो समिति अध्यक्ष जगनबहादुर गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
नेपालकै ठूलो धनराशिको फुटसल
सुरु भयो बिटी कपको १४ औं संस्करण
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७