पोखरा, १२ माघ। लेखनाथ जेसीजको २१ औं र लेखनाथ जुनियर जेसीजको १६ औं पदस्थापन शनिवार सम्पन्न भएको छ।
लेखनाथ जेसीजको वर्ष २०१९ का अध्यक्ष रोशन अधिकारी सहितका पदाधिकारीलाई वर्ष २०१८ का अध्यक्ष शालिकग्राम ओझाले पद हस्तान्तरण गरेका हुन् ।यस्तै, लेखनाथ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेलाई निवर्तमान अध्यक्ष उत्तम शर्मा पौडेलले पदस्थापन गराए । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले समाज रुपान्तरणका लागि जेसीजले नेतृत्व र ब्यक्तित्व विकासमा सहयोगीको भूमिका निर्वाह गर्ने भएकाले जेसीजले सिकाएका कुरा आत्मसाथ गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए।
कार्यक्रममा नेपाल जेसीजका रमेशचन्द्र भुषालले युवालाई स्वदेशमा नै केही गरौ भन्ने भावनाको विकास गराएकाले सरकारतर्फबाट लगानीमैत्री वातवरण सृजना गरिदिनु पनेर्मा जोड दिए ।जेसीजका गोकुल सापकोटाले जेसीज सरकारको विरोधी नभई सहयोग भएर काम गर्न तयार रहेको विचार राखेका थिए। लेखनाथ जेसीज अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष रवीन्द्रनाथ प्रजु, वर्तमान अध्यक्ष सन्तोष साही, लेखनाथ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी लगायतले जेसिज अभियानबारे जानकारी गराए।लेखनाथ जेसीजका महासचिव चिरञ्जीवी न्यौपानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक नवराज पौडेल र धन्यवाद ज्ञापन पूर्व अध्यक्ष सन्दीप ढुंगानाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९