जनप्रिय माविको स्वर्णजयन्ती मूल समारोह विहीवार उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर : गुप्तप्रसाद शर्मा/आदर्श समाज
पोखरा, १० माघ। पोखरा–८, सिमलचौरस्थित जनप्रिय माविको स्वर्णजयन्ती समारोह विहीवार सम्पन्न भएको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्णजयन्ती समारोह उद्घाटन गरेका हुन्। साथै उनले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकसमेत अनावरण गरे।
कार्यक्रममा बोल्दै तिमिल्सिनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नुपर्नेमा जोड दिए। उनले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्ने बताए।
शैक्षिक संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको टिप्पणी गर्दै उनले देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।
गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षामात्र नभई प्राविधिक शिक्षातर्फ पनि अग्रसर भएको बताए।
विद्यालय प्रअ बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले विद्यालयप्रति पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेको जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु देवराज चालिसे, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, बलराम बराल, प्रेमनारायण बराल, वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सरोजनारायण बराल, समाजसेवी परशुराम बराल, पूर्व प्रअ नारायण पराजुली, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनपप्रसाद भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य रमेश बराल, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य हिराकाजी श्रेष्ठ, नेकपा–८ का अध्यक्ष लक्ष्मी सुवेदी, श्रीराम आधारभूत विद्यालय प्रअ तीर्थ न्यौपाने, शिक्षक सावित्री चालिसे, विद्यार्थी अभिमत लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा विद्यालयले विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघ अध्यक्ष, पूर्व प्रअ, शिक्षकलाई दीर्घसेवा पदक तथा सम्मान प्रदान गरेको थियो।
साथै, विद्यालयका लागि चन्दादाता, अक्षयकोषदातालाई सम्मान गरेको थियो। विद्यालयले वर्ष विद्यार्थीका रुपमा दीपेश अधिकारीलाई सम्मान गर्यो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ देवीप्रसाद बस्ताकोटीले स्वागत र सहायक प्रअ ऋषिराम अधिकारीले संचालन गरेका थिए।
विद्यालयको स्वर्णजयन्ती अवसरमा बिहीबार बिहान रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा १८ यूनिट रगत संकलन भयो ।
नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष डोलराज पाण्डेले पहिलो रक्तदाता पूर्व विद्यार्थी मञ्चका सचिव सागर पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
पोखराको पुराना विद्यालयमध्ये एक जनप्रियले स्वर्णमहोत्सव अवसरमा यस वर्ष विविध कार्यक्रम गरेको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९