साविक विजेता पराजित

एजेन्सी
माघ ११, २०७५
bagar bhai 10 photo

पोखरा, १० माघ। बगर भाइखलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साविक विजेता आयोजक बगर भाइखलक बुटवल भेट्रानसँग पराजित भएको छ ।

विहीवार पहिलो खेलमा बगर भाइ खलक टाइब्रेकरमा बुटवलसँग ४–५ गोलअन्तरले स्तव्ध हुँदा प्रि–क्वाटरबाटै बाहिरिन पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

यस्तै संगम भेट्रान पोखरा र एनवाईपी काठमाडौंबीच टाइब्रेकरमा परिणाम आयो। निर्धारित समयमा १–१ को बराबरी भएकोमा पेनाल्टी सुटआउटमा एनवाईपीले २–० अन्तरमा जित हासिल गरी क्वाटरफाइनलमा स्थान पक्का गर्यो।

अर्को खेलमा एबिसी पोखरा किङकम स्पोर्ट्स काठमाडौसँग १–० गोल अन्तरले विजयी भएको छ।

छिमेकी मुलुक भारतको कलकत्ता भेट्रानले हेटांडा भेट्रानलाई ३–० गोलले हराएको छ भने चावहिल भेट्रान काठमाडौले फ्रिडम एफसी ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

यसैगरी, एक्स पोखरा भेट्रानले चितवन भेट्रानको यात्रालाई १–० गोलले रोक्दा अर्को खेलमा फोर्टी फाउन्डेशन काठमाडौले दीप युनाइटेड पोखरालाई १–० गोलले पाखा लगाएको छ।

शुक्रबारबाट क्वाटरफाइनलका खेल शुरु हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन्।

‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूलनारा आत्मसात गरी २०६८ सालदेखि भेट्रान फुटबल संचालन हुँदैआएकोमा यसपालि २६ टिमको सहभागिता रहेको छ। नेपालमा नै पहिलो पटक व्यवस्थितरुपमा भेट्रान फुटबल आयोजना गर्ने बगर भाइखलक पहिलो संस्था रहेको अध्यक्ष दिलबहादुर गुरुङ दाबी गर्दछन् ।

माघ १२ सम्म संचालन हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गनेर्छन्।

त्यस्तै सर्वाधिक गोलकर्ता, सवोर्त्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही ५ हजार पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width