पोखरा, १० माघ । कैलाश विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र अस्पतालतर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए।
बैंकको हालसम्म शाखा संख्या ८५ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन्।
निकट भविष्यमा काठमाडौंका विभिन्न ४ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बंकले जनाएको छ।
बैंकले अत्यधुनिक प्रविधि प्रयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवा साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
तीजमा सफल सादा दही
ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु
लामाचौर तीज महोत्सव सुरु
पोखरेल प्यानलको घरदैलो
पोखरामा डायमण्ड मेला हुने
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१