लायन्स क्लबले बनाइदियो असहायलाई घर

आदर्श समाज सम्वाददाता
माघ ११, २०७५
ghar

पोखरा, १० माघ। लायन्स क्लब अफ पोखरा लामाचौरले असहाय एक वृद्धलाई घरबासको व्यवस्था मिलाएको छ ।

कास्कीको मादी गाउँपालिका–७ का ८६ वर्षीय मोदसिङ गुरुङ असहाय रहेकोमा उनको निम्ति लायन्स क्लब पोखरा लामाचौरले ८० हजार रुपैयाँ बराबर खचेर्र घर बनाएको क्लब अध्यक्ष सञ्जय लामाले जानकारी दिए ।

ओत लाग्ने ठाउँ नहुँदा पालमुनि बस्दै आएका गुरुङले घर पाएपछि निकै खुसी व्यक्त गरे । उनले सहयोगप्रति सम्पूर्ण सहयोगीलाई धन्यवाद समेत दिए ।

क्लबले ढुंगा माटोसहित जस्ता पाताले छाएको एकतले घर निर्माण गरेको हो ।

अबका दिनमा क्लबले यस्तै प्रशंसनीय कार्य गर्दै जाने क्लब उपाध्यक्ष ज्ञानु लामाको भनाइ छ । क्लबले यसअघि पनि विभिन्न स्थानमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण, वृद्धाश्रममा सहयोग  एवं रक्तदान कार्यक्रम गरेको क्लब सहसचिव सृजना कार्कीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width