पोखरा, ९ माघ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८, ल्वाङ होम–स्टेले आफ्नो मासिक आम्दानीको ३ प्रतिशत रकम गाँउकै स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा खर्च गर्ने जनाएको छ । यही माघको ५ गते बसेको गाँउभेला तथा होम–स्टेको आकस्मिक बैठकबाट उक्त निर्णय गरिएको होम–स्टे ब्यबस्थापन समितिका अध्यक्ष हिमकुमारी गुरुङले जानकारी दिइन् ।
त्यस्तै, होम–स्टेको निर्णयलगत्तै उक्त स्थानमा रहेका होटल र क्यानोनिङ व्यवसाय सञ्चालक बोनि गुरुङसमेतले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
उक्त स्थानमा नौलो घुम्ती नेपालको करिब ६७ प्रतिशत ८ नं वडा कार्यालयको २५ प्रतिशत र स्थानीय जनश्रमदान करिब ८ प्रतिशत गरि भवन तथा अन्य भौतिक पूर्वाधार निर्माण गरेको छ । २०७६ बैशाखमा सामुदायिक स्वास्थ्य ईकाईको सेवा सञ्चालन तयारी भइरहेको ल्वाङ घलेल स्वास्थ्यचौकीका कर्मचारीले बताए । स्वास्थ्य ईकाई सञ्चालनमा आएपछि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई प्राथमिक स्वास्थ्य सेवा लिन सहज हुने नौलो घुम्ती नेपालका पब्लिक हेल्थ असिस्टेन्ट सुनिल सुवेदीले बताए । त्यस्तै, ८ नं. वडाका वडा अध्यक्ष कृष्णप्रसाद दबाडीले यसअघि वडाका स्वास्थ्य संस्था नहुँदा समस्या भएको र आगामी दिनमा प्राथमिक उपचार र प्रसुति सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी र वडा कार्यालयको संयुक्त अग्रसरतामा उक्त कार्यक्रम ल्याइएको हो । कार्यक्रमले सबैमा उत्साहजनक सहभागिता र हौसला ल्याएको स्वास्थ्यचौकीका कर्मचारी आनन्द बरालले बताए । स्वास्थ्यचौककीका अर्का कर्मचारी दिपक शर्माले उत्साहजनक कार्यक्रमले सेवा प्रवाहमा समेत थप उर्जा मिलेको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९