को होला मिस तामाङ ?

एजेन्सी
माघ १०, २०७५
miss-tamang

पोखरा, ९ माघ । २८५५ औ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा हुँदैछ ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘भाषा, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौ ।

उनले भने ‘अगाडिका संस्करणमा सहभागी नानीहरूले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं।’

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरू प्रतिस्पर्धीका रूपमा सहभागी छन्। सहभागीहरूमा काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, बिरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रीस्ता घिसिङ, काठमाडांैका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रीति तामाङ रहेका छन्।

प्रतियोगीहरूलाई विभिन्न तालिम प्रदान गरिएको आयोजकले जनाएको छ। तालिममा महानायक राजेश हमाल, कलाकार सन्दीप क्षेत्री, हरिहर अधिकारी, जीपी तिमिल्सिनाले सहजीकरण गरेका थिए।

यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ लगायतले समेत तालिम प्रदान गरेका थिए। तालिममा प्रतियोगीहरूलाई तामाङ भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताइन ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणाधीन रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा मिस तामाङ पोखरा २०१८ कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिताभन्दा मिस तामाङ पोखरा पृथक रहेको बताइन् ।

विजेतालाई ताज, ट्रफीसहित ५० हजार रूपैयाँ साथमा म्यूजिक भिडियोको अवसर मिल्नेछ ।

फस्ट रनर अपले ३० हजार, सेकेण्ड रनर अपले फस्ट रनर अपले २० हजार र  भ्यूवर्स च्वाइसले १५ हजार पुरस्कार समेत प्राप्त गर्ने छन्।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width