दोहोरीमा स्याङ्जा प्रथम

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५

पोखरा, ७ माघ। पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान स्याङ्जा प्रथम भएको छ ।

प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो, प्रतिष्ठान गोर्खा तेस्रो र प्रतिष्ठान कास्की सान्त्वना भए । उनीहरुले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ८ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए ।

फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । निर्णायकमा गायक चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना र प्रेमराज अधिकारी थिए ।

अमरसिंहचौरमा जारी पोखरा महोत्सवको ११ औ दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश सपूत र प्रीति आलेले ब्याटल दोहोरी गाए ।सोमबार नै चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरि ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतले गीत प्रस्तुत गरे भने तरेली सांस्कृतिक परिवारले सांस्कृतिक नृत्य प्रस्तुत ग¥यो। स्थानीय ड्रिमर्स ब्याण्ड र सविन राई एण्ड द फेरोहको लाइभ ब्याण्ड प्रस्तुति मार्फत दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। महोत्सव अन्तिम दिन मंगलवार लोकदोहोरीतर्फ शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिलकुमारी मोक्तान, पूजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली आउनेछन् । सांँझ लाइभ ब्याण्डतर्फ आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुति रहनेछ । एजेन्सी

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width