पोखरा, ७ माघ। ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा कार्यक्रम लागू गर्दा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको अस्तित्वलाई पनि भुल्न नहुने सरोकारवालाको जोड छ ।
प्रहरी प्रधानकार्यालयले देशभर हालै लागू गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमबारे कास्कीमा संचालित विभिन्न आठ सामुदायिक सेवा केन्द्रको गुनासो वा जिज्ञासाबारे सुनुवाइ गर्न सोमबार अन्तक्रिया गरिएको थियो । सामुदायिक सेवा केन्द्रका प्रतिनिधिले समुदायमा आधारित यस्तो कार्यक्रम संचालन गर्दा आफूहरुलाई पनि समेट्दै आवश्यक जनशक्ति बढाउनुपनेर्मा समेत जोड दिए।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको सो अन्तक्रियामा सामुदायिक सेवा केन्द्रका सम्बन्धित प्रतिनिधिले ३९ वर्षअघि स्थापित सामुदायिक सेवा केन्द्रको गरिमा र इज्जत आफ्तै ठाउँमा रहेको र पछिल्लो समय ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औचित्वबारे प्रश्न गरेका थिए ।
जिज्ञासाको जवाफ दिँदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे प्रष्ट पारेका थिए ।
उनले सामुदायिक सेवा केन्द्रको भूमिका आफ्नै ठाउँमा रहेको उल्लेख गर्दै समाजमा हुन सक्ने विभिन्न आपराधिक क्रियाकलाप, विकृति, विसंगति लगायत न्यूनीकरण गरी अमनचयन र शान्तिपूर्ण वातावरण कायम गर्न प्रहरी प्रधानकार्यालयबाटै आएको पछिल्लो कार्यक्रममा सहयोग गर्नुपनेर्मा जोड दिए । उनले सामुदायिक सेवा केन्द्रमा प्रहरी दरबन्दी कटौती नभएको समेत जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम र सामुदायिक प्रहरीको अवधारणा अन्तरगत यहाँ क्रियाशील सामुदायिक प्रहरी सेवा केन्द्रहरुको अस्तित्व तथा क्रियाशीलताबारे केही दुविधा उत्पन्न भएकोले प्रष्टिकरणका लागि सो अन्तक्रिया गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमका जिल्ला को–अर्डिनेटर प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै सामुदायिक सेवा केन्द्रहरुलाई लिएर अघि बढ्ने बताए। सामुदायिक केन्द्रहरुले गर्ने हरेक कार्यक्रम साझेदारी कार्यक्रमअन्तर्गत हुने प्रहरी उपरीक्षक रानाको भनाइ थियो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, महासचिव उत्तम जोशी, निवर्तमान अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक सेवा केन्द्र बगरकी पूर्व अध्यक्ष सीता गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराई, सेवा केन्द्र माटोपानीका अध्यक्ष कृष्णप्रसाद आचार्य, सेवा केन्द्र लेखनाथका अध्यक्ष रमेश ओझा, सेवा केन्द्र कालिकाका हुमनाथ अधिकारी, सामुदायिक सेवा केन्द्र बगरका सदस्य मेघनाथ काफ्ले लगायतले बोलेका थिए।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुदाय–प्रहरी साझेदारी कार्यक्रमका जिल्ला को–अर्डिनेटर प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९