पाल्पाको पर्यटनबारे पोखरामा अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
tourism interaction (1)_Fotor

पोखरा सभागृहमा पाल्पाको पर्यटनबारे अन्तक्र्रियामा जुट्दै पाल्पाली जनप्रतिनिधि। तस्वीर : विजय नेपाल/आदर्श समाज

पोखरा, ६ माघ । पाल्पाको समग्र पर्यटन विकासमा एकजुट हुनुपर्नेमा पाल्पाली जनप्रतिनिधि एकमत भएका छन्। उनीहरुले लुम्बिनी, चितवन र पोखरा घुम्न आउने पर्यटकलाई पाल्पा पनि गन्तव्य बनाउन आवश्यक पर्यटकीय पूर्वाधार विकास गरी प्रेरित गर्नुपर्नेमा जोड दिए।

पाल्पामा विभिन्न ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक, जैविक एवं प्राकृतिक विविधताको प्रचूरता पर्याप्त रहेकोले भन्दै उनीहरुले पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकार मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।

पाल्पाली समाज पोखराको रजतजयन्ती अवसरमा पोखरामा आयोजित सांगीतिक साँझ एवं सम्मान कार्यक्रमबीच भएको पाल्पाको पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा बोल्ने जनप्रतिनिधिले सो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सवोर्च्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले जो जहाँ रहे पनि जन्मभूमिप्रतिको माया बिर्सन नहुने र मातृभूमिको विकासका लागि आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए।

पूर्व उद्योगमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेले ऐतिहासिक पाल्पा जिल्लामा शिक्षा, स्वास्थ्य र पर्यटकीय विकासमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाए। उनले पाल्पामा प्रशस्त पर्यटकीय गन्तव्य रहेकेा उल्लेख गदे पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले पाल्पा–कास्कीबीच विगतमा बिहेवारीदेखि सहयोग आदानप्रदानको सम्बन्ध रहेको चर्चा गर्दै मौलिक लोक संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताए।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले छिमेकी पोखराको व्यवसायिकता र उद्यमशीलताको अनुशरण अब पाल्पाले गर्नुपर्ने बताए।

रामपुर नगरपालिकाका मेयर रमनबहादुर थापाले स्थानीय, प्रदेश र संघीय सरकारबचि अन्तरसम्बन्धले पर्यटन प्रर्वद्धन गर्न सकिने बताए।

पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पामा पर्यटन प्रवद्र्धनका लागि अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पालाई पर्यटकीय गन्तव्यको विकासको लागि समन्वय र सहकार्य आवश्यक रहेको औल्याए। उनले सबै स्थानीय र प्रदेश तहमा पर्यटन सूचना इकाइ स्थापना गरी पर्यटकीय गन्तव्यबारे सुसूचित गर्न अपिल गरे। अध्यक्ष घिमिरेले नयाँ गन्तव्यको खोजी गरी पर्यटनको प्रर्वद्धनमा लाग्न समेत आग्रह गरे।

प्रदेश ५ का सदस्य पूरन बज्राचार्यले तानसेनमा अब खानेपानी समस्या समाधान हुँदै गएको र सिद्धबाबाको सडकखण्डको जोखिम हट्ने बित्तिकै प्रशस्त पर्यटक भित्रिनेमा दुईमत नरहेको उल्लेख गरे।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले विकास र समृद्धिको लागि पहिलो शर्त शान्ति सुरक्षा रहेको बताए।

पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष मोहन श्रेष्ठले पाल्पामा हाल एक रातमा १५ सय पर्यटक राख्न सक्ने क्षमता भएको उल्लेख गर्दै पोखरा र लुम्बिनी घुम्ने पर्यटकलाई पाल्पा आउन प्रेरित गर्नुपर्ने बताए।

कार्यक्रममा प्रदेश सदस्य वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल, माथागढी गाउँपालिकाका प्रमुख सन्तोष थापा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष गुनबहादुर राना, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, रिब्दीकोट गाउँ पालिकाका अध्यक्ष नारायण जिसी, वगनासकाली गाउँ पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, तिनाहुँ गाउँ पालिकाका अध्यक्ष ओमबहादुर घर्ती, निस्ती गाउँपालिका उपप्रमुख रीता अर्याल, पाल्पाली संगम काठमाडौं अध्यक्ष रुद्रनाथ बस्याल, पाल्पा रुपन्देही समाज अध्यक्ष अधिवक्ता पदम कार्की लगायतले पाल्पाको पर्यटन विकासको सम्भावनाबारे बोलेका थिए।

कार्यक्रमबीच समाजका द्वितीय उपाध्यक्ष बालचन्द्र परियारले रम्भा गाउँपालिकाको पर्यटन प्रवद्र्धनबारे सम्बन्धित गाउँपालिका प्रतिनिधिसमक्ष ज्ञापनपत्र पेस गरे। पाल्पामा ऐतिहासिक तानसेन दरबारसहित रानीमहल, भैरवस्थान लगायत पुरातात्विक एवं धार्मिक महत्वका प्रमुख पर्यटकीय गन्तव्य छन्।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कायृक्रमको संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए। कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार, पूर्व अध्यक्ष, पाल्पाली कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, पत्रकारलगायतको उपस्थिति थियो। पोखरादेखि करिब १ सय २० किमी दुरीमा रहेको तानसेन पुग्न गाडीमा ५ घण्टामात्र लाग्छ।

स्मरणरहोस्, यसअघि पाल्पाली समाज पोखराको पहलमा पोखरा–तानसेन पर्यटक बस शुरु भएको छ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width