पोखरा, ६ माघ। १२ औं हिसान स्पोर्टर्स् मिटको उपाधि न्यू ग्यालेक्सी माविले जितेको छ।
छात्रछात्रा बास्केटबल प्रथम र छात्रा भलिबलमा दोश्रो र समग्रमा १९ अंक बटुलेको ग्यालेक्सीले अन्ततः उपाधि जित्न सफल भएको हो।
उच्च माविहरुको छाता संस्था हिसान कास्कीद्वारा आयोजित सो प्रतियोगितामा छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्ण मावि दोश्रो र सगरमाथा माविले तेश्रो भए। छात्र बास्केटबलमा पोखरा सेकेण्डरी स्कूल दोश्रो र माउन्ट अन्नपूर्ण मावि तेश्रो भए।
छात्रा भलिबलमा कास्की मोडनाइज्ड माविले दोश्रो र करुणानिधी एजुकेशन फाउण्डेशनm तेश्रो स्थान प्राप्त गरे।
छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीले र मेरीगोल्ड माविलाई फाइनलमा पराजित गर्दै प्रथम भएको छ भने संघर्षपूर्ण खेलमा मेरी गोल्डले दोश्रो स्थान हात पारेको छ। टेबुलटेनिसतर्फ समान ६ अंकका साथ पोखरा सेकेण्डरी स्कुल र वेलनन एकेडेमी प्रथम भएका छन्। सगरमाथा मावि दोश्रो र समान ३ अंकका साथ प्रतिभा मावि र स्टेप बाइ स्टेपले तेश्रो स्थान हात पारे।
चार दिनसम्म चलेको प्रतियोगितामा छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका सागर बिक उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा सेकेण्डरीका गोपाल पुनले सर्वाधिक स्कोरर उपाधि जिते।
छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णकी कविता पुन उत्कृष्ट खेलाडी र न्यू ग्यालेक्सीकी सीमा पुन सर्वाधिक स्कोरर घोषित भइन्।
यसैगरी छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका विनोद किशान उत्कृष्ट खेलाडी तथा उत्कृष्ट स्पाइकर मेरिगोल्डका सुमन गुरुङ घोषित भए।
छात्रा भलिबलमा केफकी कल्पना छन्त्याल उत्कृष्ट खेलाडी तथा न्यू ग्यालेक्सीकी अनिता पुन उत्कृष्ट स्पाइकर भइन्।
विजेता स्कूल तथा विद्यार्थीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङ, केन्द्रिय सल्लाहकार सूर्य जिसी, जिल्ला हिसान सल्लाहकार रमाकान्त बराल, यूनिप्सका अध्यक्ष शान्ताबहादुर गुरुङ, हिसान उपाध्यक्ष याम रोक्का, केन्द्रिय उपाध्यक्ष शेरबहादुर गुरुङ, हिसान कास्कीका सचिब दिवाकर जैशी लगायतले पुरस्कार वितरण गरेका थिए।
हिसान कास्कीका अध्यक्ष डा रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका सल्लाहकार एवं १२ औं हिसान स्पोर्ट्स मिट संयोजक बाबुराम पन्तले सहयोगी सबैप्रति आभार प्रकट गरे।
हाल कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजमध्ये ५० भन्दा बढी विद्यालय तथा कलेजहरुमा अध्ययनरत ८ हजार विद्यार्थीले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९