पोखरा, ६ माघ । पोखरा–६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा सरसफाई गरिएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत बाराहीघाटदेखि हल्लनचोकसम्म सरसफाई गरेको हो ।
सरसफाईमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, वडा नागरिक मञ्चका रामबहादुर थापा, विष्णुहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारी, सहकारीका अध्यक्ष सूर्यनाथ पहारी र कार्यक्रम संयोजक नारायणप्रसाद अधिकारीसहित आमा समूहले सहभागिता जनाएका थिए ।
सरसफाईमा सक्रिय सहभागिता जनाउने जगदम्बा आमा समूह प्रथम, नमुना आमा समूह द्वितिय, खहरे आमा समूह तृतिय भएका छन् । सरसफाईमा सहभागिता जनाउने आमा समूहहरुलाई पाँच/पाँच थान कुचो र पञ्जा वितरण गरिएको सहकारीका उपाध्यक्ष विजय पहारीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा संस्थाले आयोजना गरेको चार दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन शनिवार संस्थाका सदस्यबीच भेटघाट कार्यक्रम गरिएको छ ।
सोमबार पोखरा–६ स्थित नारेश्वर बोटमा रक्तदान र १२ गते स्वास्थ्य शिविर गरिने सहकारीका अध्यक्ष सूर्यनाथ पहारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९