पोखरा, ६ माघ।शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि चुमेको छ ।
शनिवार भएको नेपाल पुलिससँगको उपाधि भिडन्तमा एपीएफले ३–१ को सेटमा पराजित गदै च्याम्पियन बनेको हो ।
एपीएफले पुलिसविरुद्ध पहिलो सेटमा २५–८ को सहज जित निकाल्यो । पुलिसले दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ ले आफ्नो नाममा लेखाउँदै खेल १–१ को बराबरीमा ल्याउन सफल भयो । एपीएफले तेश्रो र चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई २५–१७ र २५–१७ को स्कोरमा रोक्दै उपाधि उचाल्यो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–१४,२१–२५,२५–१४ र २५–१७ को सेटमा हरायो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा संचालन भएको प्रतियोगितामा विजेता एपीएफले ३ लाख ५० हजार, पुलिसले १ लाख ७० हजार, प्रदेश ३ ले १ लाख र चौथो हुने गण्डकी प्रदेशले सान्त्वना स्वरुप ५० हजार प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले नगद १० हजार प्राप्त गर्दा बिद्यागततर्फ प्रदेश ३ की प्रतिभा मालीले बेष्ट स्पाईकर, पुलिसकी कमला पुनले बेष्ट सेटर र शान्ति तामाङले बेष्ट डिफेन्सको उपाधि जिते।
त्यस्तै गण्डकी प्रदेशकी अरुणा शाहीले बेष्ट सर्भरको उपाधि जित्दा एपीएफकी हिरा केसीले बेष्ट ब्लकरको उपाधि हात पारिन् । एपीएफकै ज्ञानेन्द्र बिष्ट बेष्ट कोच चुनिए । बिद्यागतर्फका सबै उत्कृष्टले जनही ५ हजार हात पारे ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०