पाल्पाली सांगीतिक साँझ तथा सम्मान

रानीमहल आँगनमा पाल्पाली झल्को

आदर्श समाज सम्वाददाता
माघ ६, २०७५
Palpali PKR Samaj_Fotor

पाल्पाली समाज पोखराद्वारा आयोजित पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ मा सम्मानित व्यक्तित्वहरू

पोखरा, ५ माघ । पोखरा सभागृह हल शनिबार छिर्दा पाल्पा पुगेको अनुभूतिले सबैजना चकित बने । तानसेन दरबारको झल्को दिने गरी सजाइएको मूलद्वारबाट प्रवेश गरेका दर्शक रानीमहलको स्वरुपमा सजाइएको मञ्चले उही पुगेको अनुभूति गरे ।

पाल्पाली समाज पोखराको स्थापनाको रजत जयन्ती अवसरमा समाजले आयोजना गरेको ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ मा पाल्पाली चिनारी दिनेगरी सबैतिर यसैगरी सजाइएको थियो ।

कार्यक्रममा आमन्त्रित अतिथि तथा कलाकारसमेत सबै जना पाल्पाली चिनारी बोकेका थिए । पदाधिकारी तथा सल्लाहकार पाल्पाली चिनारीमा एकै ड्रेसमा थिए । पहिलो पटक ऐतिहासिक रुपमा आयोजित सो कार्यक्रमबाट दर्शक मन्त्रमुग्ध बनेका हुन् ।

उक्तअवसरमा पाल्पाली समाज र पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याएकोमा मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मीलाई अभिनन्दन गरियो । समाजका पदाधिकारी, प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, प्रदेश ५ मा प्रतिनिधित्व गर्ने पाल्पाली सांसद, स्थानीय जनप्रतिनिधि लगायतले उनलाई सामूहिक सम्मान गरेका थिए ।

यस्तै, पाल्पामा जन्मेका पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मी सहित समाजका पदाधिकारी तथा सल्लाहकारले सम्मान गरे ।

सम्मानपछि प्रमुख अतिथिसमेत रहेका रेग्मीले पाल्पाको गरिमा सर्वत्र फैलिएको चर्चा गर्दै यसको गरिमा जोगाइ राख्नुपर्ने सुझाव दिए ।

महानायक राजेश हमालले आफू पाल्पाली भएकोमा गर्व महसुस गर्दै यसरी सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले भने, ‘मलाई यसरी निरन्तर सहयोग र साथ नदिएको भए म अहिले यो अवस्थामा हुने थिइनँ । पाल्पाली भएकोमा गर्व छ ।’

सो अवसरमा वरिष्ठ कलाकार नारायण रायमाझी, गायक दुर्गा रायमाझी, बद्री पंगेनी, ईन्द्र जिसी, नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेले आफ्नो प्रस्तुतिमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

यस्तै, पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरियो भने पाल्पाको मौलिक संस्कृति वालन नाच, कौरा नाच, सोरठी (मारुनी) प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनुका साथै पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरियो । पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयलालगायत खानाका परिकारका स्टलमा स्वाद लिनेको पनि उस्तै भीड लागेको समाजका संरक्षक चिरञ्जीवी श्रेष्ठले बताए ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम संयोजक अनन्त अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन दुर्गा रायमाझी र दुर्गाराज पाण्डेले संयुक्त गरे ।

२०५१ सालमै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज यस क्षेत्रकै सबैभन्दा पुरानो समाज रहेको संस्थापक सचिव लोकनाथ काफ्ले बताउँछन् ।

यस्तै, पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसँग बृहत् छलफल कार्यक्रम भएको छ ।

कार्यक्रमको शीर्ष प्रायोजन सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले गरेको थियो । सहप्रायोजन एलजी डिजिटल साउण्ड एण्ड भिजन हो भने बैंकिङ पार्टर सिद्धार्थ बंैक, मिडिया पार्टर आदर्श समाज, समाधान दैनिक, फेवा टिभी र पोखरा एमएम थिए । होटल पार्टर होटल टुलिप पोखरा र प्रिन्टिङ पार्टनर रोजिना प्रिन्टिङ प्रेस थिए । डेकोरेसन परिचय एड्भरटाइजिङको थियो ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width