हेमजा, ५ माघ । पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा यही चैतको २२ गतेदेखि बैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ हुने भएको छ ।
क्लवको आयोजनामा शनिवार भएको सरोकारवालाको भेलाले महोत्सव सम्पन्न गर्न क्लवका अध्यक्ष कृष्णबहादुर खड्काको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । जसको महासचिवमा बसन्तकुमार श्रेष्ठ, सचिवमा मनोज कार्की तथा कोषाध्यक्षमा हरिकृष्ण थापा छन् ।
उक्त भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
जसअनुसार अर्थ संकलन उपसमिति संयोजकमा मदन थापा, लेखा उपसमिति संयोजकमा नारायण थापा, स्टल रेष्टुरेष्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा सिर्जना सापकोटा, अतिथि सत्कार उपसमिति संयोजकमा सोचना केसी, सांस्कृतिक उपसमिति संयोजकमा सुर्यबहादुर कुँवर, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी घनश्याम तिमिल्सीनालाई दिइएको छ ।
त्यस्तै, उक्त भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा रमेश थापा, बैंक तथा बित्तिय संघसंस्था समन्वय उपसमिति संयोजकमा धनबहादुर थापा, स्वयंसेवक परिचालनमा राजेन्द्र थापा, प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, झाँकी र्याली व्यवस्थापनमा जयराम तिमिल्सीना, प्राथमिक उपचारमा फुलदेव तिमिल्सीना, सरसफाई व्यवस्थापनमा लक्ष्मी जिसी, पुरस्कार तथा मायाको चिनोमा उमा पौडेल, छपाई तथा अनलाइन व्यवस्थापनमा अमृत परियार, बैदेशिक समन्वयमा मिलन बास्तोला र युवा परिचालन उपसमिति संयोजकमा बुद्घिबहादुर थापा छन् ।
‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । क्लवका अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम ९ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा महासचिव वसन्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।
हेमजा क्षेत्र आलुका लागि प्रख्यात मानिदै आएको छ ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९