पोखरा, ५ माघ । बेगनासताल बृहत् सफाई अभियानको ४४ औं हप्ता शनिबार सम्पन्न भएको छ । ‘वेगनास ताल हाम्रो हो हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने भावनाका साथ ४४ औं हप्ताको अभियान सम्पन्न भएको हो ।
गत वर्षको माघ २० देखि सुरु भएको सफाई अभियानले यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य वेगनासताल स्वच्छ र सफा बनाउने उद्देश्यले प्रत्येक हप्ता सफा गर्दै आइरहेको अभियानका अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिएका छन् ।
फोहोर जस्तो संवेदनशील कुरा मानवको ईज्जतसँग जोडिएको हुनाले पर्यटकको आतिथ्यतामा फरकपनको आभाष होस भन्ने हेतुले अभियान नै संचालन गरेर सरसफाई कार्यक्रम गरिएको रानाभाटको भनाई रहेको छ ।
शनिबार क्लव भवनदेखि शुरु भएर मन्धरेपार्क, ड्यामसाइड, पर्यटनमार्ग, नहरचोक, वसपार्क हुँदै क्लव भवनसम्म सफाई गरिएको थियो ।
क्लवले समाजमा सचेतना ल्याउन अभियान नै संचालन गरिरहंदा केही स्थानीय तथा होटल रेस्टुरेन्ट व्यवसायीहरुको वेवास्ताले गर्दा अझैपनि पूर्णरुपमा सफा हुन नसकेको स्थानीय बताउँछन् ।
सामान्यतया चटपटे, चाउचाउ, गुटका तथा सुर्तीजन्य पदार्थहरुको कागज तथा प्लास्िटकजन्य फोहोरहरु बढी मात्रामा भेटिन्छन् ।
अभियानको शुरुआतदेखि नै साथ दिदै आएका होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथ, वेगनास महिला समूह, मिलनसार तमु समाज, ड्यामसाइड युवा क्लव, बेगनासताल बस संचालक समिति, जलेश्वर मन्दिर व्यवस्थापन समिति, नमुना टोल विकास संस्थालगायतले ४४ औं हप्तामा पनि आफ्नो साथ जारी राखेका थिए ।
सरसफाई अभियानलाई स्थानीय राजु अधिकारीले नगद रु ३ हजार, सुवर्ण आचार्यले नगद रु २ हजार तथा चिरञ्जीवी तिवारीले ४ थान ग्लोभ्स सहयोग प्रदान गरे ।
आगामी हप्ताको ४५ औं सरसफाई कार्यक्रम पोखरा २६ को बुढिवजारमा गर्ने क्लबका कोषाध्यक्ष रामकृष्ण लामिछानेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०