पोखरा, १ माघ। माघेसंक्रान्ति अवसरमा पोखरा–१७, महतगौंडा सीतापाइलामा मंगलबार ढुंगेसाँघु मेला भएको छ।
ढुंगेसाँघु जात्रा मूल व्यवस्थापन समितिको व्यवस्थापनमा भएको कार्यक्रममा करिब एक लाख जनाले सहभागिता जनाए । जात्राको मुख्य आकर्षणमा भजन प्रतियोगिता, कराँते प्रतियोगिता र सांस्कृतिक कार्यक्रम थिए।
आठ टिम सहभागी भजन प्रतियोगितामा पञ्चासे भजन समूह प्रथम भएको छ। छोरेपाटन बालन सांगीतिक तथा भजन समूह द्वितीय र धर्म जागरण भजन समूह तृतीय भए ।
विजेता समूहलाई क्रमशः १५ हजार पाँच सय ५५, आठ हजार आठ सय ८८ र चार हजार चार सय ४४ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस अवसरमा सदा शिवजी सिद्वेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले डा राजाराम सुवेदी र डा दिलबहादुर क्षेत्रीलाई सम्मान गरेको थियो।
क्षेत्रीलाई कास्कीको धार्मिक इतिहास लेखनमा पुर्याएको योगदान र सुवेदीलाई कास्कीको इतिहास लेखनमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको हो।
जात्रामा बनारसबाट आएका ब्रतवन्ध गरेका कन्याद्वारा वेद मन्त्र पाठ गरेका थिए।
राष्ट्रिय परोपकार महासंघ र ढुंगेसाँघु सीतापाइला आमा समूहले कन्दमुल प्रदर्शन गर्दै निःशुल्क वितरण गरेको थियो। जात्रामा सहभागीलाई चिया, रोटी र पूरी निःशुल्क वितरण गरिएको थियो।
मनोरञ्जनको लागि पिङसहित घैंटो फुटाउने र रिङ व्यवस्था गरिएको थियो। जात्रामा कुटो, कोदालो डोको, नाम्लो, आँसी जस्ता पुराना सामान खरिद गर्न घुइँचो लागेको थियो।
परापूर्वकालदेखि नै माघेसंक्रान्तिमा सीतापाइलामा जात्रा लाग्दै आएपछि पछिल्ला केही वर्ष यता स्थानीय संघसंस्थाको पहलमा जात्राको व्यवस्थापन थालिएको छ।
जात्राको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले पर्यटन प्रवद्र्वनलाई प्राथमिकता दिएको उल्लेख गरे।
उनले जात्राको व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्वता व्यक्त गरे।
कार्यक्रममा नेकपा पोखरा–१७ का वडाध्यक्ष सुवाश ढुंगाना र नेपाली काँग्रेस इकाइ सभापति देवराज आचार्यले बोलेका थिए।
जात्रा व्यवस्थापन समिति संयोजक दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थराज अधिकारीले स्वागत र समिति सदस्य पवन भण्डारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९