पोखरा, १ माघ। नेपाल सरकारद्वारा हालै नियुक्त नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरुको पोखरा सामूहिक सम्मान गरिएको छ।
सम्मानित हुने प्राज्ञ सदस्यहरुमा हरिदेवी कोइराला, शुभद्रा भट्टराई र सूर्य खड्का ‘बिखर्ची’ रहेका छन्। पोखराका १२ वटा वाङ्मयिक संस्थाले मंगलबार उनीहरुलाई सामूहिक सम्मान गरेका हुन्।
समारोहका प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, समारोहका अध्यक्ष तथा अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ र प्राडा रविलाल अधिकारीले सम्मानपत्र, दोसल्ला र माला प्रदान गरी सम्मान गरेका थिए।
यसरी सम्मान गर्ने संस्थाहरु अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, हेमजा साहित्य प्रतिष्ठान, स्वतन्त्र पत्रकार संघ नेपाल, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, त्रिवेणी संगीतालय, गीताञ्जली साहित्य परिवार, जोजीजू म्यूजिक स्कूल र हेमराज पहारी स्मृति प्रतिष्ठान रहेका छन्।
त्यस अवसरमा प्रमुख अतिथि सरुभक्तले जो कोही पनि सम्मानित हुँदा शुभकामना प्रदान गर्ने पोखराका विशेष संस्कार रहेको चर्चा गर्दै पोखरामा १२ वटा वाङ्मयिक संस्थाको सामूहिक सम्मान पनि उदाहरणीय रहेको बताए।
उनले पोखराका सबै संघ संस्था मिलेर राष्ट्रकवि माधव घिमिरेको सम्मान गरेको स्मरण गर्दै भने, ‘केही वर्ष अघि पनि कविवर घिमिरेको पोखरामा यस्तै सामूहिक रुपमा सम्मान गरिएको थियो।’
‘सरकारले भाषा संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्छ, यदि त्यसो हो भने भाषा संस्कृतिको संरक्षणलाई नै पहिलो प्राथमिकता दिनुपर्यो,’ उनले भने, ‘तर त्यसो नगरेर सरकारले सबैभन्दा थोरै बजेट छुट्याएर हेला गर्ने गरेको छ।’
पहिले प्रज्ञा सभा गठन गरेर प्रज्ञा सभाले नै कुलपति लगायत पदाधिकारी चयन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्दै उनले अहिलेको व्यवस्था अमिल्दो भएको उल्लेख गरे। उनले भाषा, संस्कृतिको संरक्षणको लागि सरकारलाई झक्झक्याइरहन प्राज्ञ सदस्यहरुलाई सुझाव दिए। सम्मानित प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालाले प्राप्त पद आफूले चुनौती र अवसर दुवै रुपमा लिएको उल्लखे गर्दै मौलिक संस्कृति रहेको गण्डकी प्रदेशमा संस्कृति संरक्षणका लागि धेरै कामहरु गर्नुपर्ने बताइन्।
प्राज्ञ शुभद्रा भट्टराईले नेपाली भाषा संस्कृतिको संरक्षणमा लाग्ने बताउँदै भनिन्, ‘मेचीदेखि महाकालीसम्मका साहित्यकारहरुको आशा र भरेसाप्रति म प्रतिबद्ध छु।’
प्राज्ञ सभा सदस्य सूर्य खड्का ‘बिखर्ची’ ले खोलो तरेर लौरो बिर्सने आफू नभएको र साहित्यिक क्षेत्रको उत्थानमा लागिरहने बताए।
कार्यक्रमका प्राडा रविलाल अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतम, भानु प्रतिष्ठान काठमाडांैका सचिव ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखेका थिए। कवि भलकबहादुर कुँवरले कविता वाचन गरेका थिए। कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य तथा साहित्यकार तुलसी प्रवासले सम्मानित प्राज्ञ सदस्यहरुको परिचय गराएका थिए।
कार्यक्रम सञ्चालन हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘नेपाल हेर्न जाऊँ’ लोकार्पण
समता काव्य सन्ध्याको ३६१ औं शृंखला
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
निवन्धमा सत्यवती प्रथम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०