पोखरा, १ माघ । नाटक हेरेपछि दर्शकले सामाजिक असमानताको खाडल अपनत्व महसुस गर्छन्। गरीब, शोषित, दलित, यौनपीडित समाजको नाङ्गो यथार्थ बोकेको नाटकले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘नीरमाया’ हेरेपछि दर्शकमा छुट्टै उर्जा थप्छ । गत पुस २८ देखि मञ्चन भैरहेको सो नाटक माघ १२ सम्म दैनिक मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट लामो सो नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ। नाटकले घरी दर्शक रुवाउँछ, घरी हसाँउछ, कतिबेला गम्भीर बनाउँछ। त्यतिमात्र हैन नाटकमा लाइभ बाजा र रत्यौलीको प्रयोग छ । नयाँ तथा पुराना कलाकारको अभिनय मिश्रणले अझ मिठासपन बढाउँछ । उनीहरुको भेषभूषा, प्रयोग गरिएका सामग्री, बोल्ने लवज, वानी व्यवहारले दर्शकलाई वास्तविकताको अनुभूत गराउँदछ।
साहित्यकार सरुभक्तले झण्डै ३० वर्ष अगाडि लेखेको सो नाटकको निदेर्शन परिवर्तन कार्कीले गरेका हुन् । यसअघि नाटक ‘बितेका कुरा’ निदेर्शन गरी निदेर्शनमा डेब्यु गरेका कार्कीले यो नाटकमा आफू खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन्।
नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेशबाबु तिम्सिना, निश्चल विमल, सूर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्दरमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतीक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना लगायत कलाकारको अभिनय छ।
पोखरा थियटरमा मञ्चित सो नाटक २३ औँ हो । नाटक हरेक दिन साँझ ४:४५ बजे मञ्चन भैरहेको छ । शनिबार तथा बिदाको दिन अतिरिक्त शो समेत हेर्न पाइनेछ ।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०