पोखरा, १ माघ। विवेकशील साझा पार्टीमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा सुशीला केसी अधिकारी चयन भएकी छन्। स्कूल संचालक, होटल तथा पर्यटन व्यवसायी समेत रहेकी उनी अंग्रेजी साहित्यमा स्नातकोत्तर हुन्।
हरेक प्रदेशबाट ३ जना महिला केन्द्रीय सदस्यमा चयन गर्ने विधान अनुसार गण्डकी प्रदेशबाट सिफारिस भएकी उनलाई केन्द्रले अनुमोदन गरेको गण्डकी संयोजक महेश भण्डारीले बताए।
केन्द्रीय समितिको बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा सूर्यराज आचार्यले सुशीलासहितको नाम सार्वजनिक गरेका हुन्। महिला केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल चयन भए।
यस्तै, युवा र महिला संगठन निर्माण विवेकशील साझाले अब्दुस मियाँको संयोजकत्वमा विवेकशील साझा युवा संगठन र सोभिता परियारको संयोजकत्वमा विवेकशील साझा महिला संगठन गठन गरेको छ। संयोजक मिश्रलाई विदेश र केन्द्रीय विभागको पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
उमेद पुनलाई कोष संकलन, मुमाराम खनाललाई संगठन, किशोर थापालाई अभियान, सूर्यराज आचार्यलाई नीति तथा कार्यक्रम, केशव दाहाललाई प्रशिक्षण, किरणकृष्ण श्रेष्ठलाई सञ्चार, सामाजिक न्याय तथा समावेशीता प्रकाशचन्द्र परियारलाई, कानून निरुपमा यादव, उद्यमशीलता रमेश महर्जन, तथ्यांक राम साह, केन्द्रीय कार्यालयको प्रमुखमा मानवी पौडेललाई जिम्मेवारी तोकिएको हो।
पार्टीले केन्द्रीय समिति सदस्य समेत रहने गरी प्रदेश १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ।
Related News
सम्बन्धित समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
रवि लामिछानेको सांसद पद खारेज
गण्डकीका गृहमन्त्रीको पदभार, मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणमा जोड
गण्डकीको मन्त्रिमण्डल पूर्ण, रोशनलाई झुक्याइयो, अरु जिल्लिए
नेविसंघ भद्रकालीमा दीपक
hero news full width
मुख्य समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीको निर्देशन : मितव्ययी बन्नुस्, पुँजीगत खर्च बढाउनुस्
माघ १२, २०७९