“हाम्रा चौर सबै अचम्म भरिए गर्दै थियौ भाषण
हामी चौरमहाँ भयौँ तर तिमी गर्ने भयौ शासन
तिम्रा भाषण घोषणा कति भए कण्ठै गयांै कण्ठ छन्
ढोका झ्याल खुले उता तर यहाँ खाने मुखै बन्द छन्”
कवि अल्पज्ञानी मंगलबार आफ्नो एकल कविता वाचनमा यसरी सरकारप्रति व्यङ्ग्य कसे । ‘सरकार, म जनता हुँ’ शीर्षकमा उनले नेताहरुको जीवनशैली रातारात फेरिए पनि जनता सधैँ खानै नपाएर भोकै बनेको तीतो यथार्थ थियो ।
पुछारसिटे अभियानले आयोजना गरेको कार्यक्रममा कवि अल्पज्ञानी करिब एक दर्जन शास्त्रीय छन्दका कविता सुनाए। ‘कवि र कविता’ शीर्षकको कविताबाट शुरु गरेर कविताप्रति दर्शकको ध्यानाकर्षण गराएका उनले ‘बा’ कवितासँगै सबैलाई भावुक बनाएर जीवनकै पहिलो एकल वाचनमा उभिए।
निम्नववर्गीय मान्छेका पक्षमा लेखिएका कविता सुनाएका कविका गम्भीर कविताले दर्शक पनि गम्भीर बनेका थिए। घर, किसान, यै प्रेमले बाँध हे, छोराको सम्झनामा लगायतका कवितामा उनको लयात्मक प्रस्तुति निकै जमेको थियो।
“फक्री लाल गुराँसले सुमनले मज्जा छ सौन्दर्य छ
माटै फुल्छ यहाँ छ अमृत घडा उम्रन्छ नेपाल छ
मेरो गौरव स्वाभिमान सब यो नेपाल हो आखिर
मेरै दिव्य धरा पवित्र घर यो खोजेर भेटिन्छ र”
कवितासँगै कविता लेखनसँग जोडिएका प्रस· पनि उनले सुनाउन भ्याए। ‘म केटाकेटी हुँदा खुब गुलेली खेलाउँथें र चरा मारेर खान्थें। बासँग डराइडराइ लुकीलुकी खेलाएको गुलेली गुरु फणीन्द्रमोहन शर्माले ‘चरीको विलाप’ कविता सुनाएपछि बाकै अगाडि काटेर फालेको थिएँ,’ उनले सम्झे, ‘सायद ममा कविसुलभ भावुकता त्यति बेलै पलाएको थियो।’
बाले थोत्रा कागज बेच्न लागेका थुप्रोबाट आफूले सम्हालेर राखेको ‘माँ’ नामक हिन्दी उपन्यास आफूले पहिलो पटक पढेको सुनाउन पनि उनले छुटाएनन् । त्यही उपन्यासले आफूमा साहित्यप्रति वास्तविक रूपमा आकर्षण गरेको उनले बताए ।
पोखरेली युवा सांस्कृतिक परिवारको एक अभियान समता काव्य सन्ध्याबाट आफूलाई कविताप्रति निकट बनाएको उल्लेख गर्दै उनले एकल वाचन शुरु गर्नुअघि साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठलाई पुछारसिटबाट अगाडि बोलाए ।
‘घीउ, चाकु र तरुलसँग कविता’ नाराका साथ हिमालयन रिडर्स कर्नरमा भएको कार्यक्रममा अल्पज्ञानी सुन्न उल्लेख्य संख्यामा साहित्यप्रेमी पुगेका थिए ।
२०५० को दशकको उत्तराद्र्धबाट कविता लेखनमा सक्रिय उनीको एक कवितासंग्रह प्रकाशोन्मुख छ। भावना परिवार, गजल सन्ध्या, अक्षरयात्रा, पोखरेली युवा सांस्कृतिक परिवार, संरक्षण कविता आन्दोलनलगायत कैयौं संस्थामा आबद्ध उनका दर्जनौं फुटकर रचना प्रकाशित छन्।
साहित्यकार सरुभक्तले अल्पज्ञानीको कवि प्रतिभासँग आफू झण्डै डेढ दशकदेखि परिचित रहेको बताए। उनले छन्द वा गद्य भन्ने कुरा कविता लेख्ने प्रविधिमात्रै भएको भन्दै मूल कुरा कविता कविता जस्तो हुनुपर्नेमा जोड दिए। अल्पज्ञानीका कविता वास्तविक कविता भएको उनको भनाइ थियो।
कवि तीर्थ श्रेष्ठले गद्यशैलीमा निकै राम्रा कविता सुन्दै आए पनि छन्दोबद्ध कवितामा पनि अल्पज्ञानीको लेखन सुन्दर रहेको निष्कर्ष एकल वाचनबाट निस्केको तर्क सुनाए। पोखराका एक शक्तिशाली कविका रूपमा अल्पज्ञानीलाई आफूले चिनेको श्रेष्ठले बताए।
पुछारसिटे अभियान संयोजक सञ्जीव पौडेलले युवापुस्ताका सशक्त कविका रूपमा अल्पज्ञानीलाई मञ्चमा उतारिएको बताए। उनले अल्पज्ञानीको वास्तविक नाम देवीरमण तिवारी भएको खुलासाको प्रसंग पनि सुनाउन भ्याए ।
पुछारसिटे अभियानका अभियन्ता सुरज उपाध्यायले ‘अल्पज्ञानी’का कविताले कहिले भावुक र कहिले उत्तेजित बनाएको सुनाए। कार्यक्रम सञ्चालक समेत रहेका उपाध्यायले एकल वाचनको संस्कारलाई अभियानले नयाँ मोडमा ल्याएको उल्लेख गरे।
रुपिन्द्र प्रभावी कटू र डा वसन्त गौतम अल्पज्ञानीको कविता वाचनमा सघाएका थिए। कार्यक्रममा वसन्त विनोदले स्वागत र मोहन भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। बाबुको एकलवाचन चलिरहँदा फ्रन्टसिटमा रहेकी उनी सानी छोरीले बेलाबेलामा सँगसँगै गाउँदा रमाइलो माहोल बनेको थियो ।
पोखरा ३१, बेगनासताल निवासी अल्पज्ञानी झण्डै दुई दशकदेखि साहित्यका विविध क्षेत्रमा सक्रिय छन् ।
आफू पहिलो पटक एकल वाचनमा उभिँदा आफू निकै खुसी र उत्साहित बनेको उनले बताए । उनी डायमन्ड मोडेल बेगनासताल र जुनियर सिटीजन एकेडेमीका नेपाली विषय र अर्थशास्त्र विषयका शिक्षक समेत हुन् ।
Related News
सम्बन्धित समाचार
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
साहित्यकार शकुनको कृति चर्चा
गीताञ्जलीको २६१ औं साधना प्रभात
प्रधानसम्पादक बास्तोलालाई आर्थिक पत्रकारिता पुरस्कार
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१