सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता

आदर्श समाज सम्वाददाता
माघ १, २०७५

काठमाडौँ, ३० पुुस । आन्दोलनरत् सरकारी चिकित्सक संघ (गोदान) ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोलीले गोदानले राखेका आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम सोमबारदेखि फिर्ता भएका छन् ।

सदनबाट पारित कर्मचारी समायोजन ऐनका स्वास्थ्य सेवा सम्बन्धित केही प्रावधान सच्याउनुपर्ने लगायतका माग राखी गोदान एकहप्तादेखि आन्दोलनमा उत्रेको थियो ।

मन्त्रालयद्वारा गठित वार्ता टोली र गोदानका पदाधिकारीका बीचमा सोमबार भएको सहमतिमा कर्मचारी समायोजन गर्दा हाल संघीय लोक सेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गनेर्गरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने रहेको छ ।

मन्त्रालयको साङ्गठनिक संरचना तयार गर्दा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११ औँ तह वा सोभन्दा माथि छुट्टै समूह नराख्ने गरी कानून निर्माण गर्न पहल गर्ने, स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११ औँ तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने सहमति भएको छ ।

सहमतिमा मन्त्रालयका तर्फबाट वार्ता टोलीका संयोजक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाई, जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ तथा गोदानका तर्फबाट चिकित्सक रुद्र मरासिनी, दीपेन्द्र पाण्डे, रवी खड्का, सन्तोष पौडेल, कीर्तिपाल सुवेदी र निरज अर्यालले हस्ताक्षर गरेका थिए ।

प्राडा केसीविरुद्ध जुलुस

इलाम। इलाममा ६ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले सोमबार जुलुस निकालेका छन् ।

सरकारी तलब, भत्ता खाएर राजनीति गनेर्लाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए ।

उनीहरूले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए। विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए।

इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गदै फेरि बजारमै आएर सभामा परिणत भएको थियो। सभामा सम्बोद्धन गदै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरे।

उनले डा केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरे ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width