चौथो राष्ट्रिय योग दिवस

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
yog

काठमाडौँ, १ माघ। चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ।

योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा १०० बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ। २०३६ सालदेखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी पेट्रोलियम कम्पनीले मनायो स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी पेट्रोलियम कम्पनी प्रालिले स्थापनाको ऐतिहासिक स्वर्ण महोत्सव मनाएको छ । पोखरामा शनिबार आयोजित समारोहमा विभिन्न व्यक्तिलाई सम्मान, स्मारिका…
  • पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…

hero news full width