धनुषा, २९ पुस। प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ। मन्त्री यादवको नजिकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाए। सचिव झाले भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत संचालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उनले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हान्नुभयो ।’
सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाएका छन्। मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण मन्त्रीले मलाई कुटपिट गरेको सचिव झाको भनाइ छ। सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै कर्मचारीले मन्त्री बस्ने मुख्य ढोकामा नै धर्ना दिएका थिए । कर्मचारीको धर्नाबाट मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९