पोखरा, २९ पुष।यही फागुन ९ गतेदेखि १८ गतेसम्म पोखरामा सञ्चालन हुने १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठनन गरिएको छ।
सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षमा हालै बसेको बैठकले क्लवका मानार्थ सदस्य एवं संल्लाहकारका मात्रै १५ वटा उप–समिति चयन गरेको हो।जसअनुसार, अर्थ संकलन समितिका संयोजकमा टीकाबहादुर कार्की, प्रचारप्रसार संयोजकमा नारायण कार्की, स्वयमसेवक परिचालन उपसमिति संयोजकमा प्रकाश शेरचन, शान्ति सुरक्षा उपसमिति संयोजकमा खेमबहादुर गुरुङ, मैदान व्यवस्थापन संयोजकमा यमबहादुर गुरुङ रहेका छन्। यस्तै, आवास व्यवस्थापनमा वसन्त थकाली, टिम समन्वयमा विक्रम थकाली, अतिथि सत्कार उपसमिति संयोजकमा गणेशबहादुर भट्टराई, आयोजक टिम संयोजक वीरभद्र आचार्य, मञ्च व्यवस्थापनमा शम्भु कार्की, प्राथमिक उपचार डा. रविन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक संयोजकत्वमा आनन्द रन्जित, लियाजन (विदेशी जनसम्पर्क) संयोजक तेजबहादुर गुरुङ, यातयात व्यावस्थापनमा ऐन कुमार साई, शिल्ड मेडल संयोजकमा पूर्णबहादुर गुरुङरहेका छन।त्यसै गरी प्रतियोगिता सफल पार्न क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा पाँच सय एक जना मुल आयोजक समिति एक सय एकजना सल्लाहकार समिति चयन गरिएको छ।
प्रतियोगिता संयोजकमा क्लवका वरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ, सदस्य सचिवमा क्लवका महासचिव विश्वराज बराल चयन गरिएको क्लवले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९