तीब्रेकोट सामुदायिक वनमा कुँवर

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
hemja Tibrekot ban sahamua photo_Fotor

हेमजा, २९ पुस । हेमजास्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहको शनिवार सम्पन्न १६ औं बार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले दुइवषे कार्यकालका लागि पुनः विशालजंग कुँवरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर कुँवर, सचिवमा गीतालक्ष्मी त्रिपाठी, कोषाध्यक्षमा लक्ष्मी कुँवर, सह–सचिवमा प्रेमवहादुर कुँवर तथा सदस्यहरुमा राजु कुँवर, तुलाराम पौडेल, गीता कुँवर, शोभा केसी, सिमा जिसी र उमा त्रिपाठी छन् । त्यसअवसरमा सार्वजनिक सुनुवाईसमेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत धनञ्जय लामिछानेले वन समूहले गरेका कार्य विधिसम्मत र प्रभावकारी रहेको बताए । त्यस वनले गरेका कार्यहरुको अनुशरण अन्य वन समूहले पनि गर्दै जानुपर्ने उनको भनाई थियो ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले समूहले गरेका कार्यहरुको प्रशसा गर्नुका साथै समूहको आगामी साधरणसभामा संस्थाको तर्फवाट २ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे ।

केयर नेपाल हरियो वन कार्यक्रमका टिम लिडर देवराज गौतमले सामुदायिक वन समूहको संस्थागत क्षमता विकासमा जोड दिए ।

सो अवसरमा समूहका अध्यक्ष विशालजंग कुँवरले गत आ.व.मा सम्पन्न भएका विविध कार्यक्रमसहितको प्रगति विवरण, सचिव कृष्णवहादुर कुँवरले गत आ.व. तथा चालु आ.व.को संस्थागत विकास र सुशासनसँग सम्वन्धित प्रतिवेदन र कोषाध्यक्ष गीतालक्ष्मी त्रिपाठीले लेखापरीक्षण प्रतिवेदन साथै चालु आ.व.को रु.१४ लाख १० हजार ७ सयको प्रस्तावित आय– यय वजेट प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा गभेर्कुना वनका अध्यक्ष झपटवहादुर सापकोटा, उपभोक्ता सदस्यहरु दयाराम बास्तोला, रामचन्द्र त्रिपाठी, सामुदायिक वन महासंघ पोखराका अध्यक्ष कमलमणि त्रिपाठीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सामुदायिक वन समूहको संस्थागत क्षमता विकासमा उल्लेखनीय योगदानको कदर गर्दै केयर नेपाल तथा गोनेसा कास्कीलाई सम्मानसमेत गरिएको थियो ।

वन समूहका अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहसचिव प्रेमबहादुर कुँवरले स्वागत तथा संचालन सचिव कृष्णवहादुर कुँवरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width