पोखरा,२९ पुस।पोखरा महानगरपालिका–६ मा रहेको चेतना बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधरण सभा तथा नवौं अधिवेशन सम्पन्न भयो।
अधिवेशनले ज्ञानेन्द्रराज कोइराला (विश्व) को अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा परशुराम शर्मा पहारी, सचिवमा तेज नारायण पराजुली तथा कोषाध्यक्षमा खवराज पहारी चयन भएका छन्।
यसैगरी, सदस्यमा इन्द्रप्रसाद पौडेल, प्रेम कुमारी पहारी (सुशीला), महेश्वर पहारी, प्रतिमा प्रधान भुजेल र निर्मल पहारी रहेका छन्।
जगत्बहादुर पहारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकातर्फबाट जगत्बहादुर पहारीले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पास भएको थियो।
ज्ञानेन्द्रराज कोइरालाले स्वागत गरेको कार्यक्रममा संस्थाको विकासमा योगदान दिने उत्कृष्ट कारोवारकर्ता क्रमशः बिन्दु भट्टराई पहारी, प्रतिमा भुजेल, जगन तिमिल्सीना, कृष्ण दमै, विशेश्वर पाध्याय पौडेल, चन्द्रकला ढकाललाई सम्मान गरिएको थियो।
यसैगरी, एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने शेयरधनीका छोराछोरीबाट संजिव पहारी र प्रतिमा पराजुली, संस्थाका संस्थापक अध्यक्ष गिरीराज अधिकारीलाई सम्मान गरिएको थियो।
सस्थाका सचिव तेज नारायण पराजुलीले सञ्चालन गरेको कार्यक्रममा होमबहादुर लामिछाने, तेज नारायण पराजुली, निर्वाचन संयोजक मेहरमान श्रेष्ठलगायतका वक्ताले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९