जि नाइनसँग प्रकट

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
G-9 Prakat_Fotor

पोखरा, २९ पौष। सुन्दर पर्यटकीय नगरी पोखरामा साइकल चलाउने नौ जना साइक्लिष्टिहरूको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न गर्यो।

कार्यक्रम संयोजक निरज थापाले प्रकट पगेनी शिवको परिचयसँगै शुभकामना दिनसाथ प्रकटले ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख…’ गजल वाचन गरे। उनले ढेड घण्टामा १८ वटा प्रेमिल गजल र आफ्नो रचना गर्भ सुनाएर स्रोतालाई लठ्ठ पारे। ६३ वषे पाका प्रकटले ‘तप्प तप्प जलविन्दु…’ गजल वाचन गरिरहँदा उमेरले ४० कटेकाले ‘वान्स मोर’ को फर्माइस गुञ्जयमान बनाएका थिए। माया, पिरती र प्रेमिल गजलका सर्जक प्रकटले आफ्नो एकल वाचनको १६ औं शृङ्खला चलिरहेको जानकारी दिए।

मेहफिलमा जमेकाले मध्येरातमा आफूलाई फोन गरेर गजल सुनाउनु अनुरोध गर्छन्। भाइसाथीहरू भेट हुँदा जाओस न एउटा गजल भन्छन्। हिजो आज यस्तोमा आफूले ‘नो’ भन्ने गरेको हुँदा यस्तै व्यवस्थित माहोलमा मात्रै गजल सुनाउने कुरा गरे।

कार्यक्रममा प्रकटलाई सरल, इमान्दार, नम्र स्वाभावका सिर्जनशील व्यक्तिका रूपमा चिनाइयो।

हिउँद वर्षा नभनी भुकभुके अँध्यारोमै निरन्तर साइकल चलाएर स्वास्थ्य, वातावरण, पर्यटन प्रवद्र्धनमा पाँच वर्षदेखि क्रियाशील जि नाइन फेवादेखि रारासम्म, कास्कीको सिक्लेस, स्याङ्जाको स्वरेक, सिरुवारी, पाल्पा तानसेन हुँदै रूपन्देहीको लुम्बिनी लगायत पहाडदेखि तराईसम्मको भूगोलमा गुडेको समूह हो।

३० उद्यमीका अर्धाङ्गिनीसहित ६० जनाको उपस्थिति रहेको कार्यक्रममा छोराछोरी नल्याउन आग्रह गरिएको थियो। विशुद्ध दम्पत्तिलाई मात्रै प्रणय गजल सुनाउने उद्देश्यले आयोजित कार्यक्रमलाई हिउँदे र वर्षाकालीन दुईवटा ऋतुमा फरक–फरक स्रष्टलाई ल्याउने लक्ष राखिएको संयोजक थापाले जानकारी दिए।

गायक हिराकाजी श्रेष्ठले ‘यही हो पोखरा राजै यही हो पोखरा,’ निरज थापाले ‘अल्झेछ क्यारे पछ्यौरी, चिसो चिसो हावामा,’ तेजबहादुर गुरुङले ‘सबै मन बोलेर भन् जय जय नेपाल’, कलाकार किरण रञ्जितले ‘हे कान्छा मलाई सुनको तारा’ साथमा बुद्धिमान गुरुङ धम्पूको नृत्य रहेको थियो।

जि नाइनका सचिव प्रकाश बज्राचार्यले कविता वाचन गरेका थिए भने विक्रम उदासले तवलमा र प्रविण बुद्धाचार्यले गिटारमा साथ दिएका थिए।

Related News

सम्बन्धित समाचार

  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…
  • प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत महिला प्रहरी तथा थुनुवा बन्दी कैदी महिलालाई सेनेटरी प्याड हस्तान्तरण गर्दै…
  • ‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । सिप हस्तान्तरण सशक्तीकरण (नेस्ट),पोखराको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति…
  • विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । विश्वहिन्दु महासंघ पोखरा–११ वडा समितिको अध्यक्षमा डिल्लीराम बास्तोला चयन भएका छन् । समितिको उपाध्यक्ष नारायण श्रेष्ठ, महिला उपाध्यक्ष…
  • गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७…

hero news full width