लेखनाथ, २८ पुस। पूर्व मन्त्री एवं नेकपा प्रमुख सचेतक देव गुरुङले नेपालीको मौलिक संस्कृति भनेकै भाषा र भेषभुषा भएको बताएका छन्।
तमु प्लेहु संघ इकाइ स्याङ्जाली तमु समाजले शनिवार ल्होसार अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले जातजातिबीच कुनै भेदभाव नगरी आपसमा भातृत्व सम्बन्ध विस्तार गरी एकताको सन्देश दिनु नै अहिलेको आवश्यकता भएको उलेख गरे। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले संस्कृति जोगाइराख्न युवावर्गलाई भाषा र संस्कृतिबारे जानकारी दिइन् ।
गोर्खा भूतपूर्व सैनिक संगठनका पूर्व केन्द्रिय अध्यक्ष पद्मबहादुर गुरुङले भूपूले जागेर जीवनमा सिकेका कुरा समाज परिवर्तनका लागि प्रयोग गर्न आग्रह गरेका थिए।
तमु प्लेहु संघ इकाइ स्याङ्जाली तमु समाज अध्यक्ष मोहनप्रसाद गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा तमु प्लेहु संघ केन्द्रिय उपाध्यक्ष आइबहादुर गुरुङ, तमु प्लेहु केन्द्रिय आमा समिति अध्यक्ष पुष्पा गुरुङ, समाजका निवर्तमान अध्यक्ष क्या. डिकबहादुर गुरुङ लगायतले आ–आप्mनो धारणा राखेका थिए। कार्यक्रम संचालन समाजका सचिव बलप्रसाद गुरुङ र स्वागत मन्तव्य उपाध्यक्ष प्रेमकुमारी गुरुङले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९