गुप्तेश्वरको २३ औं साधारणसभा

मन धार्मिक हुनुपर्छ : प्रदेश प्रमुख कुँवर

आदर्श समाज सम्वाददाता
पौष २९, २०७५
guptasor_Fotor

पोखरा, २८ पुस।गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पूजा गरेर मात्र धर्म नहुने र धार्मिक मन तथा आचरण राम्रो हुनुपर्ने बताएका छन्।

पोखरा–१७ छोरेपाटनको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनको शनिवार उद्घाटन गर्दै प्रदेश प्रमुख कुँवरले उक्त कुरा बताएका हुन्।

प्रमुख अतिथि कुँवरले जनप्रतिनिधि तथा कर्मचारीले पनि जिम्मेवारी पूरा नगर्नु अधर्म र देशप्रतिको बेइमानी भएको उल्लेख गरे।

कसैले नदेखे पनि ईश्वरले देख्छ भनेर ईश्वरका नाममा सपथ खुवाइन्छ, उनले भने– ईश्वरलाई पनि झुट बोल्ने कस्तो होला ?

नेपाल र नेपालीले खोजेको कुरा समृद्धि र सुशासन रहेको चर्चा गर्दै उनले सद्भाव, सहकार्य र धार्मिक अनुष्ठानबाट समतामूलक समाजको निर्माण गर्न सकिने बताए।

प्रतिनिधि सभा सदस्य वृन्दा रानाले पोखराको पर्यटन विकासमा गुप्तेश्वरको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन्। साथै उनले समृद्धिका नाममा देशमा ठूला घोटाला भएको भन्दै जो कोही भए पनि छानविन हुनुपर्ने र दोषीलाई कारवार्ही हुनुपनेर्मा जोड दिइन्।

पोखरा–२१ का वडाध्यक्ष खगराज आचार्यले परम्परावादी सोचमा परिवर्तन नगरी विकास हुन नसक्ने भन्दै कुनै पनि सामाजिक योजनामा सबैको सहभागिता हुनुपनेर्मा जोड दिए।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले वेद विज्ञान पाठशालाले पूजारी मात्र नभै हिन्दू, संस्कृतिका उपयोगी कुराको व्याख्या गर्न सक्ने ज्ञाता बनाउनु पर्ने बताए।

पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडामा भएका विकास निर्माणका गतिविधिबारे प्रकाश पार्दै पर्यटन प्रवद्र्धनका कार्य भइरहेको जानकारी दिए।

संस्थाका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष निरविक्रम पौडेलले प्रारम्भिक अवस्थामा भोग्नु परेका कष्टको स्मरण गर्दै एक हजार दुई सय ४० सदस्य रहेको वर्तमान अवस्थामा सहकारी संस्था वा कल्याणकारी कोष सञ्चालन गर्न उपयुक्त हुने सुझाए।

पूर्व अध्यक्ष लीलाभक्त आचार्यले गुप्तेश्वर महादेव गुफा निर्माणमा राममन्दिरको योगदान रहेको चर्चा गर्दै दुवै संस्थाबीच सहयोगको आदानप्रदान भइरहनुपनेर्मा जोड दिए।

गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा भूपति ढकाल कमलले सांस्कृतिक सम्पदाले देश सम्पन्न भएको चर्चा गर्दै क्याम्पसमा होटल व्यवस्थापन तथा सूचना प्रविधिलगायतका कक्षा सञ्चालन भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी पोखरा–१७ का सुवास ढुंगानाले देशमा दुई तिहाइ बहुमतको सरकार भएकामा सबैले खुसी मान्नुपर्ने बताउँदै राम्रा कुराको विरोध नगर्न आग्रह गरे।

नेपाली काँग्रेस पोखरा–१७ का सभापति देवराज आचार्यले सत्तापक्षिय जनप्रतिनिधिले प्रतिपक्षलाई उपेक्षा गर्ने गरेको बताउँदै विकास निर्माणको हिसाब सबैलाई जानकारी गराउनुपनेर्मा जोड दिए।

स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गुप्तेश्वर गुफा व्यवस्थापन समिति आफैमा सक्षम भएको उल्लेख गर्दै प्राकृतिक सम्पदाबाट आय आर्जन गर्न सकिने गुप्तेश्वर एक नमूना बनेको बताए।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले पोखरामा उपयुक्त धर्मशालाको निर्माण आवश्यक भएको बताए।

छोरेपाटन मा.वि.का अध्यक्ष झपिन्द्रराज रेग्मीले विद्यालय र गुप्तेश्वर गुफा समितिको सहकार्यमा व्यवस्थित पार्किङका लागि जग्गा खरिद गरिएको चर्चा गर्दै शौचालय निर्माण तथा सरसफाइमा ध्यान राख्नुपर्ने बताए।

आजीवन सदस्य श्रीराम सुवेदीले छोरेपाटनमा आकाशे पुल, उद्धार राहत सामग्री र सरसफाइ आवश्यक रहेको उल्लेख गरे।

नारी उत्थान दिदीबहिनी समूहकी अध्यक्ष सावित्री घिमिरेले कार्य समितिको पदाधिकारीमा महिलालाई स्थान दिन आग्रह गरिन्।

सभामा अध्यक्षको आशनबाट बोल्दै संस्थाका अध्यक्ष विष्णुप्रसाद पौडेलले समितिका नाममा रहेको जग्गाहरु हाल साविक दर्ता गर्न बाँकी रहेको उल्लेख गर्दै छोरेपाटन मा.वि. र रेडक्रस सोसाइटीसँग सहकार्य गरी अघि बढ्नुपनेर्मा जोड दिए।

समारोहमा गुप्तेश्वर भजन समितिमा रहेका ७० वर्ष नाघेका १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

वरिष्ठ उपाध्यक्ष तुलसीराम बरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव देवीबहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ऋषिराम बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सहसचिव पदमबहादुर थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width