पोखरा, २८ पुस।रानाभाट तथा भाट समाजद्वारा सञ्चालित पवित्र साकोसले शनिवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
पवित्र साकोसको रक्तदानमा ३२ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले पहिलो रक्तदाता सहकारीका प्रबन्धक विनोद रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर।
प्रमुख अतिथि तिवारीले रक्तदानको महत्व दिनप्रतिदिन बढ्दै जाँदा जनचेतना पनि वृद्धि भई स्वतस्फूर्त रक्तदान गनेर्को संख्या बढ्दै जानु सुखद् कुरा भएको बताए।
संस्था अध्यक्ष शिवबहादुर रानाभाटले सहकारीको सामाजिक उत्तर दायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको बताए।
सोही समारोहबीच, भाट समाजको लेखनाथ कालिकाचोकमा बन्न लागेको सुविवधा सम्पन्न बहुउद्देश्यीय भवनका लागि लेखबहादुर रानाभाटले ५० हजार रुपैयाँ निर्माण समिति संयोजक ठाकुरप्रसाद रानाभाटलाई हस्तान्तरण गरे।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय, रक्त संचार केन्द्र रामघाटका प्राविधिक महेन्द्र केसीलगायतको समूहले प्राविधिक सहयोग गरेका थिए।
संस्थाका अध्यक्ष शिवबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष बुद्धिबहादुर रानाभाटले स्वागत र सचीव गुप्तबहादुर रानाभाटले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९